जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक पटकको आन्दोलनले मुलुकमा सत्ता परिवर्तन भएपनि शासनमा परिवर्तन नहुनु मुलुकको लागि दुर्भाग्य रहेको बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, हरेक सत्ता परिवर्तनमा नेपालका मधेशी, आदिवासी, जनजाति, दलित, महिलाको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन , त्यसको एउटै कारण हो , ई वर्गहरुको शासनमा सहभागिता हुन सकेको छैन । उनिहरुको अवस्था जस्ताको त्यस्तै छ । ’
मधेशी आदिवासी जनजाति लगायतका समुदायहरु अवसर, अस्तित्व र पहिचान बाट बंचित रहे सम्म मुलुकमा परिवर्तन अनुभूति हुन नसक्ने उनले बताए ।
नेपाली समाज कतारका अध्यक्ष मनिषयादवको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष यादवले भूमि अध्यादेश ल्याएर ओली नेतृत्वको सरकारले पुनः एक पटक मधेशी आदिवासी लाई आफनै भूमिमा अल्पमतमा पार्ने षडयन्त्र गरि रहेको आरोप समेत लगाए ।
फागुन ७ गते कतार प्रस्थान गरेको यादव १२ गते नेपाल फकिर्ने कार्यक्रम रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved