सिरहा १८ फागुन । सिरहाको लगदीगदियानीमा शनिवार नगर स्तरीय T-20 क्रीकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । सो प्रतियोगिताको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले उद्घाटन गरेको छ ।
पहिलो दिन खेल वडा नम्बर १ र वडा नम्बर १६ वीच खेल बिच भएका छन् । रोमाञ्चक खेलमा वडा नम्बर १ लाई पराजित गर्दै वडा नम्बर १६ विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर १ ले १८.१ ओभरमा ९५ रन बनाई अलआउट हुन पुग्यो ।
जवाफी ब्याटिङ गरेको वडा नम्बर १६ ले १२ ओभरमा ३ विकेट क्षतिमा ९७ रन बनाउर्दै वडा नम्बर १६ विजयी भयो । खेलको प्लेयर अफ दि म्याच अमन पासमान घोषित भएको छ । उनले २२ रन र २ विकेट लिएका थिए ।
जिल्ला क्रीकेट संघको प्राविधिक सहयोगमा लगदी गदियानी क्रीकेट कल्वले आयोजना गरेको छ ।
सिरहा नगरपालिका भित्रका १९ वटा वडाहरुको सहभागीता रहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved