अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

  • फागुन २१, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ४५, केएल राहुल ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिँदा बेन ड्‍वारसुइस र कूपर कोनोलीको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । उनका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । त्यस्तै एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ र मार्नस लबुशेनले २९ रनको योगदान गरे ।

भारतका लागि मोहम्मद शामीले तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई दुई विकेट लिँदा हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा एक एक विकेट रह्यो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब