लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना

  • चैत १, २०८१ | ३८५ पटक पढिएको | सीमा संदेश
alt

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो ।

बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० हजार क्षतिपूर्तिको पनि सजाय निर्धारण गरिएको रेग्मीले बताए । उक्त प्रकरणमा पालिकाका नगर प्रहरी धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा छन् । 

अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो ।

अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटनाका विवरणअनुसार २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जितेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो । 

गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो ।

बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

जसपा-लोसपा सम्झौता : समेटिएन तत्कालीन जसपाका वरिष्

अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपाल– लोकतान् ...

माघ ४ गते राजीनामा दिने बालेनकाे याेजना, त्यसपछि च

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ...

पुस २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २८गते । सोमबार । इस्व ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब