लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना

  • चैत १, २०८१ | ४५१ पटक पढिएको | सीमा संदेश
alt

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। 

लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो ।

बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० हजार क्षतिपूर्तिको पनि सजाय निर्धारण गरिएको रेग्मीले बताए । उक्त प्रकरणमा पालिकाका नगर प्रहरी धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा छन् । 

अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो ।

अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटनाका विवरणअनुसार २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जितेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो । 

गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो ।

बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब