यी हुन् संसारकै ठूलो मुख भएकी महिला

  • चैत ११, २०८१ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

 गिनिज बुकमा नाम लेखिनुका कारण अनेक हुन्छन् । एकजना महिलाले चाहीँ आफ्नो ठूलो आकारको मुखका कारण विश्व किर्तिमान कायम गरेकी छिन् । उनी विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् ।

सामन्था रामस्डेलको मुख २.५६ इन्च सम्म खुल्दछ भने ४.०७ इन्च सम्म फैलिन्छ । उनले सबैभन्दा ठूलो र सबैभन्दा चौडा मुख भएकी महिलाको रेकर्ड आफ्नो नाममा लेखाएकी छिन् ।

अमेरिकाको मेन सहरमा बस्ने ३४ वर्षीया सामन्था सोसल मिडियामा निकै चर्चित छिन् । उनका ३८ लाख फलोअर्स छन् । उनले आफ्नो सोसल मिडियामा फलोअर्सका लागि नियमित रुपमा रोचक तस्वीर तथा भिडियोहरु पोस्ट गरिरहन्छिन् । पछिल्लो पटक उनले इटालीको फ्लोरेन्स यात्राका क्रममा एक तस्वीर पोस्ट गरिन्, जुन निकै भाइरल बन्यो ।

इन्स्टाग्राममा शेयर गरेको उक्त तस्वीरमा उनले मुखभित्र रक्सीको बोतल हालेको देखिन्छ । त्यो दृश्य देखेर उनको पछाडि रहेका एकजना मानिस तिनछक परेका छन् । त्यस तस्वीरका बारेमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

उनलाई मुखकी रानीको उपाधि पनि दिएका छन् । उनले आफ्नो मुखको कौशलका बारेमा लेखेकी छिन् : मान्नुस् वा नमान्नुस्, यो एआई होइन ।

डेलीस्टार युकेको रिपोर्ट अनुसार सामन्थाले आफ्नो ठूलो मुखलाई जिवनको शक्तिको रुपमा उपयोग गरेकी छिन् । जबकि त्यहीँ मुखका कारण कुनै समय उनले अपहेलनाको सामना गर्नु पर्दथ्यो । उनको अनुहारका कारण मानिसहरुले उनीप्रति निकै भद्दा टिप्पणी गर्दथे र उनलाई घृणा गर्दथे । एजेन्सीको सहयोगमा

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब