फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स विनोद चौधरी १७६३औं स्थानमा, सम्पत्ति २० करोड डलर बढ्यो

  • चैत २१, २०८१ | ५५२ पटक पढिएको | सीमा संदेश
alt

विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । 

उक्त सूचीको सबैभन्दा माथिल्लो स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत रहेका उनी ३०० अर्ब डलरसहित पहिलो नम्बरमा रहेका हुन् । त्यस्तै, फेसबुकको आधिकारिक कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोस क्रमशः २१६ र २१५ अर्ब डलरसहित दोस्रो र तेस्रो स्थानमा छन् । 

अन्य १२ जनाको सम्पत्ति १०० बिलियन डलर भन्दा धेरै छ । वनार्ड अनर्डको परिवार, वारेन बफेट, लारी पेज, बर्नार्ड अरनल्ट र परिवार, वारेन बफेट, ल्यारी पेज, सर्गेई ब्रिन, अमान्सियो ओर्टेग, स्टीव बाल्मर, रोब वाल्टन र परिवार, जिम वाल्टन र परिवार, बिल गेट्स, माइकल ब्लूमबर्ग र एलेस वाल्टन रहेका छन् ।

नेपालका अर्बपतिमा अहिले पनि विनोद चौधरीको एकमात्र नाम रहेको छ । उनी २ बिलियन डलर सम्पत्तिसहित १७६३ औं स्थानमा छन् । गत वर्ष १ अर्ब ८० करोड अमेरिकी डलर सम्पीत्त रहेको उनको यो वर्ष २० करोड डलरले सम्पत्ति बढेको फोब्सले जनाएको छ । 

यो वर्ष चीनबाट टिकटकका संस्थापक झाङ यिमिङ ६५ दशमलब ५ बिलियन डलरसहित पहिलो नम्बरमा छन् । त्यस्तै, भारतबाट मुकेश अम्बानी ९२ दशमलब ५ डलरसहित पहिलो स्थानमा छन् ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब