बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी

  • जेठ ६, २०८२ | ३५५ पटक पढिएको | सीमा संदेश
alt

गत बर्ष रिलिज फिल्म ‘एक्टरः टेक वान’बाट  फिल्ममा डेब्यु गरेकी हुन्, अभिनेत्री दिव्या रायमाझी ।

त्यसपछि ‘पीताम्बर’मा देखिएकी उनी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । जुन फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् । 

माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् । फिल्म साइन गरेपछि दिव्याले भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्‍यो । जसका कारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’

फिल्ममा यसअघि नै भट्ट र श्रेष्ठ फाइनल भइसकेका हुन् । भट्ट र श्रेष्ठसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाइ छ ।

उक्त फिल्ममा केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरु गर्ने निर्माण पक्षको भनाइ छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ भने फिल्मको छायांकन साउनबाट सुरु हुने बताइएको छ । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब