भारतमा दुई कोभिड-१९ बिरामीको मृत्यु, दुई सय ५७ सङ्क्रमित फेला

  • जेठ ७, २०८२ | ३११ पटक पढिएको | सीमा संदेश
alt

भारत, मुम्बईको किङ एडवर्ड मेमोरियल (केईएम) अस्पतालमा मंगलबार कोभिड-१९ पोजिटिभ दुई बिरामीको मृत्यु भएको छ। डाक्टरहरूले मृत्युको कारण कोभिड-१९ नभई दीर्घकालीन रोग भएको बताएका छन्।

एक ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम (मिर्गौलासम्बन्धी रोग) थियो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड-१९ संक्रमित फेला परेका छन्। बृहन्मुम्बई महानगरपालिकाले स्थिति नियन्त्रणमा रहेको र नागरिकलाई नआत्तिन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले मास्क लगाउने र बुस्टर खोप अद्यावधिक गर्न जोड दिएको छ।

पछिल्लो समय एसियामा कोभिड-१९ को नयाँ लहर देखिएको छ। सिंगापुर, हङकङ, चीन र थाइल्याण्डजस्ता देशहरूमा बढ्दो संक्रमणले चिन्ता बढाएको छ। यी वृद्धिको कारण कमजोर प्रतिरक्षा र ठूला जमघटहरू मानिएको छ। एजेन्सी

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब