मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण

  • जेठ ९, २०८२ | ३१७ पटक पढिएको | सीमा संदेश
alt

मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गरे । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

यसअघि जनमतले वन मन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकील अलि मियालाई बनाएको थियो । पार्टीको नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरेको जनमत पार्टीले जनाएको छ ।

यादव सिरहाबाट निर्वाचित सांसद हुन् । उनी यसअघि कृषि राज्यमन्त्री बनेका थिए ।कुशवाहा समानुपातिक सांसद हुन् । उनी यसअघि कृषि मन्त्री भइसकेका छन् ।

 

नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब