सिरहा नगरपालिका वडा नं ७ स्थित सूर्यनारायण सत्यनारायण मोरबैता याबदब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा शहीद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लब सिराहाको आयोजनामा यही जेठ १९ गतेबाट गोल्डकप सुरु हुन लागेको हो । जेठ २५ गतेसम्म चल्ने सो प्रतियोगितामा चित्लाङ फूटबल क्लब काठमाण्डौं, चात्या सा फूटबल क्लब झापा,न्यू स्टार युथ क्लब सुनसरी,वीरगन्ज युनाइटेड पर्सा,बागमती युवा क्लब सर्लाही,गाईघाट फूटबल क्लब उदयपुर,गोलबजार स्पोर्ट्स क्लब गोलबजार र आयोजकको तर्फबाट सलहेश युवा क्लब सिराहाले सहभागिता जनाएको गोल्डकपका संयोजक रजिप कुमार यादवले बताए।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित गोल्डकप ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्ने। प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई पुरस्कार सहित उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद र ट्रफि प्रदान गरिने क्लवका कोषाध्यक्ष सुनिल यादवले बताए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन र खेलकुदको माध्यमबाट सिरहा र राजा सलहेश लाई चिनाउने उद्देश्यले गोल्डकप आयोजना गरिएको भन्दै अध्यक्ष यादवले खेल मार्फत पर्यटनको विकास गर्ने र युवाहरुलाई कुलत बाट बचाउने थप उद्देश्य रहेको बताउनुभयो ।
स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्ने। यो प्रतयोगिता विगत २ वर्ष देखि लगातार आयोजक सलहेश युवा क्लब सिराहाले जित्दै आएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved