नवविवाहिताको हत्या भएको आशंका !

  • जेठ १७, २०८२ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

रौतहटस्थित हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत विभिन्न किसिमका गहना लगाएकी, श्रृंगार बाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ ।

फिक्का हरियोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजो) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा मेंहदी लगाएको, नाकमा नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगाएको, एसटिइपीएजीइ लेखिएको हल्का बैगुनी रंगको लेडिज सेन्डल चप्पल एक जोर, उचाई पाँच फिट दुई इन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहु गोरो , रंग अर्थात तराईको नवविवाहताको संकास्पद हत्या भएको आशंका गरिएको हो ।

बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गाभगवती गाउँपालिका– ५ स्थित झाँझ खोलाको झुलुंगे पुलको छेउमा यकिन नाम थर बतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए । अनुहार चिन्न सकिने अवस्थामा नरहेको, मृतक महिलाको घटनास्थल लाश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लास पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ ।

सुरक्षित राखिएकोमा मृतक महिलाको शव हाल सम्म सनाखत हुन नसकेकोले मृतक महिलालाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क गर्न उनले आग्रह गरे । प्रवक्ता तथा डिएसपी रायका अनुसार घटना संकास्पद नै रहेको छ। एक दुईदिन अघि कसैले हत्या गरी महिलाको शव त्यहाँ फालेर गएको हुनसक्ने अनुमान गरिएको छ। तत्काल घटना बारे अनुसन्धान भईरहको छ, पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकेपछि घटना बारे यकिनका साथ भन्नसक्ने प्रवक्ता रायले बताए ।

यसरी नवविवाहिता महिलाले लगाउने सम्पूर्ण गहना लगाएको र श्रृंगार समेत गरेको अबस्थामा शव बरामद हुनु आफैंमा एउटा ठूलो घटनाको संकेत दिइरहेको छ । तराई मधेशमा पछिल्लो समयमा दाइजो लगायतको विभिन्न कारणले नवविवाहिताको हत्या गर्ने घटनामा वृद्धि भएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब