राजदूत बन्न चाहने थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

  • जेठ १८, २०८२ | ५१६ पटक पढिएको | सीमा संदेश
alt

७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो ।

महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जित्यो ।

कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वल्र्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरे ।

को हुन् विजेता ओपल ?

ओपल अन्तर्राष्ट्रिय सम्बन्धकी विद्यार्थी हुन् । भविष्यमा राजदूत बन्न चाहना राख्ने ओपललाई मनोविज्ञान र मानवशास्त्रमा पनि रुचि छ । उनले स्तन क्यान्सरलाई समर्थन गर्ने संस्थाहरूको लागि स्वयंसेवा गरेकी छिन् ।

आफ्नी एक समर्थकले आफू ’क्यान्सरमुक्त भएको र १६ वर्षको उमेरमा शल्यक्रियाको सामना गरेपछि उनको लडाईंको क्रममा उनलाई प्रेरित गरेको क्षणलाई उनले आफ्नो जीवनको गर्वको क्षण भएको बताएकी छन् । ‘जुन त्यतिबेला मैले महसुस गरें कि मेरो सबैभन्दा ठूलो डर मेरो सपना बाँच्ने मौका गुमाउनु हो’ उनले भनेकी छन् ।

उनीसँग १६ बिरालाहरू र पाँचवटा कुकुरहरू घरपालुवा जनावरको रूपमा छन् । ‘तपाईंले बाँच्नुभएको कारणले अर्को एक जीवनले सजिलोसँग सास फेरेको छ भनेर जान्नु नै सफल हुनु हो’ उनको आदर्श वाक्य हो ।

miss_world_opal2

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब