उपचार खर्च नदिँदा अस्पतालको फन्दामा

  • जेठ २०, २०८२ | ३३९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा हुलाकी राजमार्गअन्तर्गत बोदे बरसाइन नगरपालिका–५ स्थित भएको दुर्घटनामा परेर घाइते भएका १५ वर्षीय राजेशकुमार यादव उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएनन् ।

गत माघ १ गते मंगलबार बिहान जनकपुरधामतर्फ गइरहेको स १ झ ४८१ नम्बरको राजविराज नगरपालिकाको स्कर्पियोले को ३० प २७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते हुन पुगेका थिए । दुर्घटनामा उनीसँगै अर्का २१ वर्षीय अजितकुमार यादव पनि घाइते भएका थिए । उनलाई सामान्य चोट लागेकाले उपचारपछि दुर्घटनाको केही दिनमै उनी घर फर्किए । तर गम्भीर घाइते राजेश थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएका थिए ।

अहिले उनी निको भइसक्दा पनि अस्पताल र फार्मेसीको बिल तिर्न नसक्दा घर फर्किन पाएका छैनन् । न्यायका लागि गुहार मागिरहेका पीडित परिवार र उनका आफन्तले आइतबार नगरपालिका कार्यालयको कामकाज ठप्प पारे । आइतबार कार्यालय खुल्नुअघि नै मूल गेटमा अनशन बस्दा कर्मचारीहरु कार्यालयमा पस्न पाएनन् ।

पीडित परिवार र उनका आफन्तले अनशनस्थलमै खाना पकाएर खाएका छन् भने उपचार खर्च नपाएसम्म अनशन जारी राख्ने अडान लिएका छन् । आइतबार बेलुका अनशनस्थलमा आएकी कार्यवाहक मेयर इसरत प्रविनले अनशन स्थगित गर्न आग्रह गर्दै अस्पताल र फार्मेसीको बिल तिरेर राजेशलाई डिस्चार्ज गराउन प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।

यद्यपि पीडित परिवार भने राजेशलाई डिस्चार्ज नभएसम्म अनशन जारी नै राख्ने अडानमा छन् । सो नगरपालिका कार्यालयको मूल गेटमा आइतबार उपचार खर्चको माग गर्दै अनशनमा बसेका पीडित परिवार र उनका आफन्त राजेशको ३८ दिनसम्म आईसीयूमा राखेर उपचार हुँदा अस्पताल र फार्मेसीको बिल जोडेर २७ लाख रुपैयाँ भइसकेको बुवा रघुनाथ यादवले बताए ।

पत्नी शान्तिदेवीलाई छोराको रेखदेखमा राखेर रघुनाथ उपचार खर्च माग्न नगरपालिका कार्यालय धाउन थाले । पटकपटक कार्यवाहक मेयर इसरत परवीणलाई भेट गर्दा उनले २ लाख रुपैयाँ पाए पनि बाँकी रकम तिर्न आनाकानी गर्दै आएको रघुनाथले दुखेसो पोखे । अस्पतालका एक कर्मचारीले १ सय ३० दिनदेखि अस्पतालमा रहेका राजेश ‘रिकभर’ भइसकेको उनले बताए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब