सिरहा, २० जेठ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन, खेलकुदको माध्यमबाट सिरहा र राजा सलहेशलाई चिनाउने उद्देश्यले आयोजना गरिएको शहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सोमवार उद्घाटन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा संसाद तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथिय र विष्टिय आतिथिय सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन खेलमा वीरगन्ज युनाईटेडलाई ० को विरुद्ध चत्या सा फुटबल क्लव झापाले २ गोल गरी विजयी भएको छ । चत्या सा फुटबल क्लवबाट आशिष चपागाईँले खेलको २४ औँ र ४२ औँ मिनेटमा २ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच चत्या सा फुटबल क्लवको खेलाडी आशिष चपागाईँ भएको छ । उनलाई नगद तीन हजार र ट्फी प्रदान गरिएको छ । झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।
जेठ २० गते दोस्रो दिन मंगलवारको खेल गोल्डेन स्टार युथ क्लव सुनसरी र गोलबजार स्र्पोटस क्लव बिच हुनेछ । यो प्रतयोगिता विगत २ वर्ष देखि लगातार आयोजक सलहेश युवा क्लब सिराहाले जित्दै आएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved