प्रधानमन्त्री केपी शर्मा ओलीले स्कटल्यान्डमा उत्कृष्ट प्रदर्शन गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गरेका छन्।
आइतबार आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेर फर्किएको टोलीलाई उनले सामाजिक सञ्जालमार्फत स्वागत गरेका हुन्।
आफ्नो सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘स्कटल्यान्डमा भएको आईसीसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेर हाम्रो नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्वदेश आइपुगेको छ। स्वदेशमा स्वागत छ।’
स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले आईसीसी विश्वकप लिग–२ मा चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो भने नेदरल्यान्ड्स र स्कटल्यान्ड सम्मिलित टी-२० शृंखलाका चारमध्ये दुई खेल जितेको थियो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved