महाभियोग बारेमा मधेश केन्द्रित दल विभाजित

  • भदौ ४, २०८२ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने विषयमा मधेश केन्द्रित दलहरु विभाजित भएको छ ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी ( जसपा) नेपालले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

सत्ता गठबन्धनले बोलाएको बैठकमा उपस्थित भएको जसपा नेपालले उपसभामुख बाहिर रहेको समयमा हटाउन नहुने तर्क गर्दै हस्ताक्षर गर्न मानेनन् । जसपा नेपालकी सचेतक रेखा यादवले आफ्नो दल उपसभामुख बाहिर रहेको बेला हटाउन पक्षमा नभएको जानकारी दिइन् । उनले भनिन्, ‘उपसभामुख हटाउने प्रस्तावका सम्बन्धमा छलफल गर्न कांग्रेस संसदीय दलमा बोलाउनु भएको थियो। उहाँ बाहिर रहेको बेला प्रस्ताव ल्याउनु ठिक होइन भन्ने हाम्रो धारणा हो। हाम्रो पार्टीमा छलफल पनि भएको छैन, त्यसैले निर्णय दिइएको हो ।’

यसक्रममा उपसभामुख रानालाई हटाउने पक्षमा जनमत पार्टी, लोसपा नेपाल र अशोक राई नेतृत्वको जसपा उभिएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भएको बताउँदै पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाएको बताए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब