तस्वीरमा हेर्नूस ‘मिस नेपाल २०२५’ को ग्राण्ड फिनाले

  • भदौ १५, २०८२ | २,९५३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । ४ विधामा सन् २०२५ का ‘मिस नेपाल’का विजेताहरू घोषणा गरिएको छ । द हिडन ट्रेजरद्वारा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा मिस नेपाल घोषणा गरियो ।

यी ४ विजेताले जेन-जी पुस्तालाई समेट्छन् । उपाधिका लागि २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरेका थिए । लुना लुइँटेल ‘मिस नेपाल वर्ल्ड’ २०२५ घोषित भइन् ।

नयाँ विधा ‘मिस कस्मो’को उपाधि दीपशिखा नेपालले जितिन् । उरुषा भण्डारीले ‘मिस इन्टरनेसनल’को उपाधि जित्दा सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ घोषित भइन् ।

लुना लुइँटेल (मिस नेपाल वर्ल्ड २०२५)

काठमाडौं निवासी २६ वर्षिया लुइँटेल अहिले अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनरत छिन् । ‘सिक, अध्ययन गर र फर्क’ भन्ने उद्देश्य राख्ने उनी नेपाल फर्किएर योगदान गर्न चाहने विदेशस्थित नेपालीलाई सघाउन चाहन्छिन् । उनी बाँसुरी बजाउनु, पडकस्ट सुन्नु र स्कुवा डाइभरको रुपमा पानीमुनिको संसारलाई विचरण गर्नु उनका रुचि हुन् । उनी पौडी खेल्न मन पराउँछिन् । यसअघि उनी मिस टिन २०१५ मा फस्ट रनरअप भएकी थिइन् । उनी जनस्वास्थ्यको परिवर्तनकारी नेतृत्व गर्न चाहिन्छन् । आफ्नो समुदायमा अर्थपूर्ण प्रभाव छाड्न उनी विश्वको शिक्षालाई स्थानीय तहमा फैलाउन चाहन्छिन् ।

उरुषा भण्डारी (मिस नेपाल इन्टरनेसनल २०२५)

ललितपुरकी २६ वर्षिया उरुषा डेन्टल सर्जरी (दन्त शल्यक्रिया) विषयमा स्नातक अध्ययनरत हुन् । उनी अध्ययन, संगीत र प्रकृतिसँगको निकटतामा रुचि राख्छिन् । मोडलिङ, दन्त चिकित्सा र समाजसेवाबाट उनी मानवजीवनमा प्रभाव पार्न चाहन्छिन् । फिटनेसमा रुचि राख्ने उनको गितार बजाउनु, पौडी खेल्नु र बास्केटबल खेल्नु रुचि हो । उनले फेसन मोडलको रुपमा टीजीआइएफ, टीपीजेएफएस, काठमाडौं फेसन विकजस्ता चर्चित रनवे नापेकी छन् । आफ्नो सीपलाई ओरल सर्जरी र मिडियामार्फत समाजमा परिवर्तन ल्याउन चाहन्छिन् ।

सोनी घले (मिस नेपाल अर्थ २०२५)

रसुवा धुन्चेकी २५ वर्षिया सोनी खो–खो खेलाडी र बडी बिल्डर हुन् । शैक्षिक समानताको उद्देश्यसहित उनले ‘एक शिक्षा’ प्रोजेक्ट लागू गरेकी छन् । उनी नीजि र सरकारी शिक्षाबीच रहेको खाडल पुर्न चाहन्छिन् । आफ्नो गैरसरकारी संस्था ‘खुसी कोपिला’मार्फत उनी समुदायमा योगदान दिन चाहन्छिन् । उनी आफूलाई विश्वास गरेर अघि बढ्दै भविष्यलाई डोर्‍याउने नेतृत्व बन्न चाहन्छिन् ।

दीपशिखा नेपाल (मिस नेपाल कस्मो २०२५)

झापाकी २४ वर्षिया दीपशिखा वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन् । अनुसन्धानकर्ता र वातावरणीय न्यायमा मुखर आवाज उराल्ने उनी वातावरणीय मुद्दालाई समाजसँग जोड्न चाहन्छिन् । युवा, महिला र वातावरणीय प्रभावले ग्रस्त समाजको लागि काम गरिरहेकी उनी सरकारका सबै तहमा नीतिगत तालिम र वकालत गर्न चाहन्छिन् । कार्यक्रम प्रस्तोता, गायन र पुस्तक अध्ययन उनका रुचि हुन् । सन् २०२३ मा थाइल्यान्डमा आयोजना भएको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय वातावरणीय कार्यक्रममा सहभागी भएकी थिइन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब