प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

  • भदौ १७, २०८२ | ५१३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो ।  शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ ।

प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सृदृढ गर्ने विषयमा कुरा राखेका थिए ।

जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।

राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।

एससीओ बैठकका लागि चीनको उत्तरी शहर तियानजिनमा पुगेका ओली र पुटिनबीच भएको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओली :

धन्यवाद, महामहिम, यति राति– लगभग मध्यरातको समयमा मलाई तपाईं सँग भेटेर यो छलफल गर्न मौका दिनुभएकोमा । म यो अवसर पाएकोमा अत्यन्तै खुसी छु, महामहिम ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन :

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको यो विचार र प्रस्ताव अनुसार हामी नेपाल भ्रमण गर्नेबारे सोच्नेछौं । साथै, तपाईंलाई अनुकुल हुने कुनै पनि समयमा हामी तपाईंलाई पनि रूसमा स्वागत गर्न सधैं तयार छौं ।

प्रधानमन्त्री केपी शर्मा ओली :

१९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–रुस सम्बन्ध सधैं मैत्रीपूर्ण र समुधर रहँदै आएको छ ।

तर के कारणले हो, म भन्न सक्दिनँ, अहिलेसम्म रुसबाट विशेष गरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन ।

नेपालतर्फबाट भने म स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको थिएँ । ती अवसरमा मलाई मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गर्ने र रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भयो ।

खासगरी जब म १९९९ मा रुस घुम्न गएको थिएँ, त्यतिबेला नै मैले थाहा पाएँ कि पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीहरू रसियाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् ।

आज पनि नेपालमा धेरैजसो चिकित्सकहरू, जसले रुसमा अध्ययन गरेर फर्किएका छन्, जनताको उपचारमा समर्पित छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन :

तपाईंलाई थाहा होला, जब मानिसहरू कुनै देशमा पढ्न जान्छन्, जस्तै मानौं रूसमा, उनीहरू जब फर्कन्छन्, सधैं राम्रा सम्झनाहरू लिएर जान्छन् । वा भनौं रूसको सम्झना लिएर फर्कन्छन् । यस्ता मानिसहरू आफ्नो मातृभूमि वा भनौं नेपाल–रूसबीचको सम्बन्धको सेतु जस्तै हुन्छन् ।

मानवीय सहयोगको दृष्टिले हामी शिक्षा लगायत संस्कृति क्षेत्रको निरन्तर सम्पर्कमा गम्भीर ध्यान दिन्छौं, र हामी यो सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी हुनेछौं । तपाईंले भन्नुभयो, नेपालका विभिन्न क्षेत्रका मानिसहरू रूसमा शिक्षा लिन इच्छुक छन् ।

हामी तपाईंको साथमा शिक्षा क्षेत्रमा सबैभन्दा चासो लाग्दा र सम्भावनायुक्त क्षेत्रहरू पत्ता लगाउनेतर्फ सहकार्य गर्नेछौं । हामी अन्य मानवीय सहयोगका क्षेत्रमा पनि ध्यान दिन सक्छौं । मलाई विश्वास छ कि रूसी जनताले नेपाली मूर्तिकलालाई हेर्न धेरै चासो दिनेछन् । हो, हामी यसबारे पनि सोच्न सक्छौं ।

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब