एनपीएल ‘ट्रफी टुर’को औपचारिक घोषणा, विराटनगरबाट सुरु भएर कैलालीमा टुंगिने

  • भदौ २०, २०८२ | २६९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर गर्ने भएको छ ।

क्यानले शुक्रबार साँझ काठमाडौंको एलफ्ट होटलमा एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो । टुरको सुरुवात विराटनगरबाट हुने जनाइएको छ । त्यसैगरी सबै टोलीको प्रतिनिधित्व गर्ने सहर पुर्याइने ट्रफीको टुर अन्त्यमा सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने छ ।

टुर घोषणा कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले दोस्रो संस्करण अझ भव्य हुने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले‌ एनपीएल नेपालको गौरव बनिसकेको र आगामी दिनमा अझै सफलता प्राप्त गर्नका लागि शुभकामना दिए । ‘एनपीएलले देशको गौरव थप बढाउन मद्दत गरिरहेको छ र त्यसलाई यो ट्रफी टुरले थप ऊर्जा प्रदान गर्ने मलाई विश्वास छ,’ घिसिङले भने ।

शनिबार विराटनगरबाट सुरु हुने ट्रफी टुर त्यसपछि मधेश प्रदेशको जनकपुर पुग्नेछ भने त्यहाँबाट चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । जसका लागि खेलाडी अक्सन‌ समेत सम्पन्न भइसकेको छ ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब