जसपा र ससपाबीच एकता हुने

  • असोज ५, २०८२ | ४८६ पटक पढिएको | सीमा संदेश
alt

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीबीच कार्यगत एकताहुँदै पार्टी एकताको तयारीमा जुटेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीबीच भएको भेटवार्ताको क्रममा राजनीतिक सहकार्यलाई सुदृढ गर्दै एकतासम्मका लागि अघि बढ्ने जनाइएको छ ।

करिब डेढ घण्टा चलेको भेटमा दुई नेताले मुलुकको वर्तमान राजनीतिक अवस्था, हालैको जेनजी आन्दोलन, संसद् विघटन र अन्तरिम सरकारको घोषणाबारे गम्भीर छलफल गरेको बताइएको छ । उक्त भेटवार्ताका क्रममा फागुन २१ गते तोकिएको निर्वाचन र आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने संवैधानिक बाटोबारे पनि विचार विमर्श भएको बताइएको छ।

दुवै नेताले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा दुई पक्षबीच तत्काल कार्यगत सहकार्यलाई अगाडि बढाउँदै, क्रमशः मोर्चा निर्माण र अन्ततः पार्टी एकतासम्म पुग्ने रणनीतिमा छलफल गर्ने सहमति भएको जनाइएको छ । उनीहरुबीच पहिचान, संघीयता, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रजस्ता संविधानका उपलब्धिलाई जोगाउँदै थप उपलब्धि हासिल गर्नका लागि एक शक्तिशाली राजनीतिक शक्ति निर्माण गर्नु अपरिहार्य रहेको औंल्याए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब