शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चारबुँदे निर्देशन

  • असोज १०, २०८२ | ४९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई चारबुँदे निर्देशन दिएका छन् । सीटीईभीटीका पदाधिकारीसँग बिहीबार भएको बैठकमा निर्देशन दिइएको शिक्षामन्त्री पुनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेस गर्न सीटीईभीटीलाई निर्देशन दिएका छन् । त्यस्तै एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको शिक्षामन्त्री पुनले जानकारी दिएका छन् ।

सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

२०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस गर्ने र सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब