प्रदेश मन्त्रालय हटाएर जनकपुर चुरोट कारखाना सञ्चालन गर्न जेनजीको माग

  • असोज १३, २०८२ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) लाई पुनः सञ्चालन गर्न माग गर्दै युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् । 

देशको महत्त्वपूर्ण उद्योगको रूपमा रहेको कारखाना बन्द हुँदा किसान, मजदुर र समग्र प्रदेशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

ज्ञापनपत्रमा कुनै समय देशको रोजगारी सिर्जना र स्थानीय किसानको आयस्रोतमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जचुका सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको उल्लेख छ । ‘सरकारको स्पष्ट र दीर्घकालीन औद्योगिक नीतिको अभाव तथा बढ्दो राजनीतिक हस्तक्षेपले कारखाना सञ्चालनमा रहन सकेन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले मधेश प्रदेशको सुर्ति खेतीमा आश्रित हजारौं किसानको आयस्रोतमा ठूलो धक्का दिएको छ ।’

कारखाना बन्द हुँदा किसानहरूले आफ्नो उत्पादन बेच्न नपाएको, ग्रामीण क्षेत्रमा बेरोजगारी बढेको र किसानहरूको जीवनस्तरमा गिरावट आएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको जनकपुर चुरोट कारखानाको स्थल खाली गराई पुनः सञ्चालन गर्नुपर्ने, उद्योग पुनः सञ्चालनको व्यावहारिक प्रक्रिया अघि बढाउनका लागि एक विशेष अध्ययन टोली गठन गर्नुपर्ने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जचुकासहित ८ वटा उद्योग बेच्ने भनी अघि बढाएको प्रक्रियालाई तत्काल रोक्नुपर्ने माग गरेका छन् । 

यदि कारखाना पुनः सञ्चालनमा आएमा यसले मधेश प्रदेशका हजारौं किसानलाई आर्थिक उन्नतिमा सहयोग पुग्ने, देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने र स्थानीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

शिव यादव, बब्लु गुप्ता, लक्ष्मी घिमिरे, रामराज पाण्डे लगायतका युवाहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उद्योगको पुनः सञ्चालनले किसान, मजदुर र सम्पूर्ण प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउने भएकाले सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको छ । 

त्यसक्रममा सहकारी, लघुवित्त मिटरब्याजबाट वर्षौंदेखि किसान मजदुर, शोषित र उत्पीडित भएको विषय पनि उठाइएको सो समूहकी नेतृ लक्ष्मी घिमिरेले जानकारी दिइन् । उनले भूमिहीन सुकुम्बासी समस्या समाधान र सहकारी पीडितका बचत  फिर्ता गर्नुपर्ने लगायतको माग राखेको बताइन् ।  

यस्तै उखु किसानको अनुदान रकम वृद्धि गर्नुपर्ने, वीरगञ्ज औजार कारखानालाई थप व्यवस्थापन गर्नुपर्ने, जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूको परिवारको अवस्था अध्ययन गरी रोजगारी दिनुपर्ने लगायतका विषय पनि उठेको उनको भनाइ छ । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब