वेस्ट इन्डिजमाथिको जितसँगै नेपालले क्रिकेटमा केही रेकर्ड बनाएको छ। युनिटी कपको दोस्रो खेलमा नेपालले वेस्ट इन्जिटलाई ९० रनले हराएको हो।
यो खेलमा नेपालले दुईवटा अन्तर्राष्ट्रिय रेकर्ड तोडेको छ।
टी–२० अन्तर्राष्ट्रियमा एसाेसिएट देशले आइसिसीको पूर्ण सदस्य देशलाई सबैभन्दा ठुलो रनअन्तरले पराजित गरेको रेकर्ड बनेको छ। यसअघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो। अफगानिस्तानले जिम्बाबेलाई ८१ रनले पराजित गरेको थियो।
त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा एसाेसिएट देशले पूर्ण सदस्य देशलाई सबैभन्दा कम स्कोरमा रोकेको रेकर्ड पनि बनेको छ। यसअघि ८८ रनको रेकर्ड थियो। नेदरल्याड्सले इंल्यान्डलाई ८८ रनमा सीमित गरेको थियो। नेपालले वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर सानदार जित निकालेको हो।
त्यस्तै, नेपालका लागि राष्ट्रिय रेकर्ड पनि बनेको छ। नेपालले टी–२० अन्तर्राष्ट्रियमा चौथो विकेटमा पहिलोपटक सय रनको साझेदारी बनेको छ। आसिफ शेख र सन्दीप जोराबिच एक सय रनको साझेदारी भएको हो। यसअघि रोहित पौडेल र आसिफ शेखबिच ९९ रनको साझेदारीको रेकर्ड थियो । बलिङ, ब्याटिङ र फिल्डिङमा नेपालले उत्कृष्ट प्रदर्शन गरेर नेपालले यी रेकर्ड बनाएको हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved