मधेश प्रदेश खेलकुद परिषद्को प्रशिक्षण विभाग प्रमुखमा यादव चुनिए

  • असोज १४, २०८२ | ४५७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम ।  मधेश प्रदेशको खेलकुद परिषद् प्रशिक्षण विभागको प्रमुखमा भरत यादवलाई जिम्मेवारी दिइएको छ । 

मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय मातहतको मधेश खेलकुद परिषद्ले यादवलाई परिषद्को तेस्रो तह (अधिकृत) मा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ।

गत ९ गते असोजमा सम्पन्न परिषद्को बोर्ड बैठकको निर्णय अनुसार यादवलाई मधेश खेलकुद परिषद्, जनकपुरधामको कामकाजको प्रमुखको जिम्मेवारी तोकिएको परिषद्को पत्रमा उल्लेख गरिएको छ।

परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले हस्ताक्षर गरी जारी गरेको पत्रमा, परिषद्को सिँढीमा रहेका अन्य कर्मचारीहरूसँग सहकार्य गर्दै काम गर्ने अपेक्षा समेत गरिएको छ।

यस निर्णयको प्रतिलिपि खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम र राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंमा पठाइएको छ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब