पहिलो वार्मअप खेलमा ओमानमाथि नेपालको सहज जित

  • असोज १९, २०८२ | २५५ पटक पढिएको | सीमा संदेश
alt

नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।

ओमानका आमेर कलिमले २ विकेट तथा फेसल शाहले १ विकेट लिए 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो । ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा नन्दन यादव र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले अर्को वार्म अप खेलमा भोलि कतारसँग खेल्नेछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब