आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई

  • असोज २८, २०८२ | ३५५ पटक पढिएको | सीमा संदेश
alt

नेपालको विश्वकप यात्रा लगभग पक्का

सन्दीप लामिछानेले करिअरमै दोस्रोपटक पाँच विकेट लिएपछि सोमबार नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा कतारलाई ५ रनले हराएको छ । सुपर सिक्समा आफ्नो दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाउँदा नेपाल रोमाञ्चक खेलमा ५ रनले विजयी भयो । जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोडेको छ । 

शीर्ष स्थानमा रहेको ओमानको पनि ६ अंक रहेको छ । ओमान रनरेटमा अगाडि छ । नेपाल र ओमान अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपनजिक पुगेका छन् । नेपालले अब बुधबार ओमानसँग खेल्नेछ । ओमानलाई हराउँदा नेपालले लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउनेछ । 

१४८ रन पछ्याएको कतारको ब्याटिङमा ओपनर लियानागे तथा जुबेर अलीले पहिलो विकेटका लागि उत्कृष्ट प्रदर्शन गरे । दुवैले पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको साझेदारी गरी कतारलाई बलियो स्थितिमा राखे । इनिङ्सको दसौँ ओभरमै सन्दीपले लियानागेको विकेट लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । इनिङ्सको १३औँ ओभरमा नेपालले कतारका दुई ब्याट्सम्यानलाई लगातार बलमा रनआउट गरेको थियो । मिर्जा मोहमद र मुहमद तन्भिर रनआउटको सिकार भए । दुई रनआउटसँगै नेपालले खेलमा पकड बनाएको हो । 

इनिङ्सको एक समय कतार ९२/२ को बलियो स्थितिमा थियो । तर, कतारले महत्वपूर्ण क्षणमा अन्तिम आठ विकेट केवल ४५ रनमा गुमायो । यद्यपि, क्रिजमा जुबेर अली रहँदासम्म कतार खेलमा माथि नै थियो । उनी इनिङ्सको १८.१ ओभरमा आउट भए । लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी ५६ रन बनजाए । अलीले ५५ बलमा दुई चौका र एक छक्का प्रहार गरी ५२ रन जोडेका थिए ।

नेपालमाथि सनसनीपूर्ण जित निकाल्न कतारलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । उत्कृष्ट फर्ममा देखिएका लेग स्पिनर सन्दीपले नै अन्तिम ओभर गरेका थिए । उनले पहिलो दुई बल डट फ्याँके । त्यसपछि १९.३ ओभरमा उनले विकेट लिए । कतारले त्यसपछिका दुई बलमा ३ रन जोडेको थियो । कतारलाई खेल सुपर ओभरमा पुर्‍याउन अन्तिम बलमा ६ रन चाहिएको थियो । खेलकै अन्तिम बलमा सन्दीपले वाइड फ्याँके । तर, मुजिब उर रहमान क्रिज छाडेर छक्का प्रहार गर्ने चक्करमा शेखबाट स्टम्पिङ भए । यससँगै नेपालले कतारमाथि रोमाञ्चक ५ रनको जित निकाल्यो । अर्कोतिर सन्दीपले टी–२० करिमरमै दोस्रोपटक पाँच विकेट लिए । उनले खेलमा ३.५ ओभर बलिङ गर्दै १८ रन खर्चेका थिए ।

सन्दीपले पूरा गरे २५० विकेट
नेपालका लेगस्पिनर सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा‌ २५० विकेट पूरा गरेका छन् । आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको सुपर सिक्समा कतारविरुद्ध दोस्रो विकेट लिएसँगै उनले आफ्नो २५०औँ अन्तर्राष्ट्रिय विकेट पूरा गरेका हुन् । उनले ओपनर लियानागेलाई बोल्ड आउट गरेसँगै यो सफलता प्राप्त गरेका हुन् । उनले पहिलो पाँच विकेट प्रदर्शन पपुवा न्युगिनीविरुद्ध लिएका थिए । सन्दीपले ६२ एकदिवसीयमा १२७ तथा ६६ टी–२० आईमा १२९ विकेट लिएका छन् ।

रोहितको आठौँ अर्धशतक
ओमानमा चलिरहेको विश्वकप छनोटमा नेपालका कप्तान रोहितले पहिलोपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले ४१ बलमा सात चौका र एक छक्काको सहयोगमा ५८ रनको योगदान दिए । टी–२० आईमा उनको यो आठौँ अर्धशतकीय इनिङ्स हो । क्रिजमा रोहितलाई दीपेन्द्रसिंहबाहेक अन्य ब्याट्सम्यानले साझेदारीमा सहयोग गरेनन् । लगातार विकेट पतन हुँदा रोहित पनि दबाबमा आउँदा क्लिन बोल्ड भए । उनी लुइसको ओभरमा क्लिन बोल्ड भएका हुन् । रोहित क्रिजबाट हट्दा नेपाल १६.४ ओभरमा ११५–६ को स्थितिमा थियो ।

कतारको स्पिनरविरुद्ध डटेर स्ट्रोक लगाउन नसकेको पिचमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि महत्वपूर्ण ६२ रनको साझेदारी गर्दै नेपाललाई १५ ओभरमा ११०/४ को स्थितिमा पुर्‍याए । क्रिजमा सेट भइसकेका दीपेन्द्रसिंहले महत्वपूर्ण क्षणमा आफ्नो विकेट गुमाउन पुगे । उनले २२ बलमा एक चौकाको सहयोगमा २६ रनको योगदान दिए । 

 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब