मधेश प्रदेशमा आज नयाँ सरकार बन्ने ! पूर्वसन्ध्यामा एक्लिए सीएम, सरकारको समिकरण फेर्ने संभावना

  • असोज २८, २०८२ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सभामा मुख्यमन्त्री (सीएम)सतिश कुमार सिंहले मंगलवार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री नियु क्त हुँदा समर्थन दिने सबै दलहरुले सोमवार सम्म साथ छाडिसकेको छ ।उनी सभासद रहेको जनमत पार्टीले सबै भन्दा पहिले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीबाट राजिनामा गर्न निर्देशन दिएको थियो । सीएम सिंहलाई दिएको समर्थन नेपाली कांग्रेस र एमालेले फिर्ता लिइसकेपनि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले समर्थन जारी राखेको थियो ।

लोसपा संसदीय दलका नेता जयनुल राईनलेपनि सोमवार समर्थन फिर्ता लिएपछि सिंह एक्लो सीएम रहेका छन् । सीएम सिंहले विश्वासको मत लिन दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।सो बैठकको एकमात्र एजेण्डा विश्वासको मत रहेकोले सिंहले सम्बोधन गरेपछि राजिनामा दिने घोषणा गरेपछि बैठक समाप्त हुनेछ ।उनले राजिनामा घोषणा गरे नगरे त्यसको कुनै औचित्य नरहने सभासदहरुले जनाएका छन् ।

विश्वासको मतका लागि डाकिएको बैठकको सम्बन्धमा सोमवार कार्यसम्पादन समितिको बैठकपनि सम्पन्न भएको छ । विश्वासको मत मात्र एजेण्डा रहेकोले बैठकमा समान्य छलफल भएको सहभागि नेपाली कांग्रेसको प्रमुख सचेतक कुमर कान्त झाले जनाएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्रीको विश्वास मतको अध्याय समाप्त भए लगतै प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको सचिवालयलाई जानकारी गराउने छ ।त्यस लगतै प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरुलाई सरकार गठनका लागि आव्हान गर्ने छिन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि दावी प्रस्तुत गर्न तीन दलीय गठबन्धनले दावी पेश गर्ने कागजात तयार पारिसकेको सार्वजनिक भइसकेको छ । तर जनमत पार्टी विभाजन भएर निर्वाचन आयोगमा सोमवार अबेर राती जनस्वराज पार्टी दर्ता भइसकेको छ ।

निर्वाचन आयोगले जनमतका पदाधिकारी र सदस्यहरुको सनाखत गराएर राती पार्टी दर्ता गरेको छ । दीपक साहको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको पार्टीमा २७ प्रतिशत सदस्य संख्या पुर्याएको आयोगले जनाएको छ । उच्चस्रोतहरुका अनुसार जनमत पार्टीका सभासद लगायतका जनप्रतिनिधिहरुलाई दल रोज्न मंगलवारदेखि नै अवसर निर्वाचन आयोगले प्रदान गर्ने छ ।

नवगठित जनस्वराज पार्टीको उपाध्यक्ष रहेका सुरज सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका दाजु हुन् ।पार्टी रोज्ने क्रममा सतिश सिंहले जनस्वराज पार्टी रोज्ने र उनीसित कम्तिमा ६ जना सभासद जाने दावी सिंह निकटका एकजनाले गरेका छन् ।

यता नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नदिन विपक्षी दलहरुसित मुख्यमन्त्री सिंह र लोसपाका नेता एवं पूर्व मन्त्री जितेन्द्र सोनल अबेर राती सम्म छलफलमा रहेका छन् ।जनमत पार्टीका ६ जना सभासद मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब