युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ?

  • असोज २९, २०८२ | ३९८ पटक पढिएको | सीमा संदेश
alt

युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानको एक अनलाइन बिक्रेताका अनुसार त्यहाँ इजरायली आक्रमणपछि कण्डमको बिक्री चुलिएको थियो ।

हुन त इरानमा मात्र नभई अन्य देशहरुमा पनि संकटको समयमा उपभोक्ताहरुबीच कण्डमको माग उच्च हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

समाचार अनुसार इरानको सबैभन्दा ठूलो इकमर्श प्लाटफर्म डिजिकलाको तथ्यांक अनुसार जुन महिनामा इरानमा कण्डमको बिक्री उच्च मात्रामा भएको थियो ।

इजरायलसँगको १२ दिने युद्धका क्रममा इरानमा कण्डमको बिक्रीमा २६ प्रतिशतले वृद्धि भएको डिजिकलाको तथ्यांक छ ।

उपभोक्ताको बानी व्यवहार सम्बन्धी एक रिपोर्ट अनुसार युद्धका बेला स्वास्थ्य सम्बन्धी प्रडक्टहरुको मागमा वृद्धि हुने गरेको छ । त्यसमा सेनिटरी प्याड, किटनाशक, ब्लड ग्लूकोज परीक्षण गर्ने स्ट्रिप, ब्लड ग्लूकोज मनिटर, वयस्क मानिसले लगाउने डाइपर तथा सेनिटरी पेन्टीजस्ता सामानहरु प्र्दछन् ।

जून १३ मा इरानका सैन्य तथा परमाणु केन्द्रहरुमा भएको अचानकको इजरायली आक्रमणको ३ महिनापछि यो रिपोर्ट आएको हो ।

हवाई आक्रमणका क्रममा इरानी परमाणु वैज्ञानिकसँगै कैयौँ इरानी सैनिक तथा अधिकारीहरु मरिएका थिए । इरानले इजरायली आक्रमणको जवाफमा मिसाइल तथा ड्रोन आक्रमण गर्दा इजरायलमा पनि हताहती भएको थियो ।

स्मरण रहोस् युद्ध तथा संकटको बेलामा इरानमात्र नभएर अन्य देशमा पनि यस्तै प्रकारले कण्डमको बिक्री बढ्ने गरेको देखिएको छ ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उछाल आएको थियो । त्यहाँ प्रतिदिन औषतमा १९६० वटा कण्डम बिक्री भएका थिए जबकि त्यसअघि प्रतिदिन १५०८ कण्डम बिक्दथे ।

त्यसैगरी रुसले सन् २०२२ को मार्चमा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा बिक्रेता पसलहरुमा कण्डमको बिक्री उच्चदरले बढेको थियो । फार्मेसी चेन रिग्लामा २६ प्रतिशतको वृद्धि देखिएको थियो ।

त्यस्तै अनलाइन मार्केटप्लेस वाइल्डबेरिजमा चाहीँ त्यसबेला कण्डमको बिक्री १७० प्रतिशतले बढेको थियो ।

यस प्रकारको व्यवहार अमेरिकामा कोभिड १९ महामारीको सुरुवाती महिनाहरुमा देखिएको थियो । उपभोक्तामा बढेको अनिश्चितता तथा आपूर्ति श्रृंखलामा अवरोध हुने आशंकाले गर्दा बिक्री बढेको कण्डम निर्माता कम्पनी रेकिट बेनकिजरले जनाएको थियो । एजेन्सीको सहयोगमा

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब