रुखको पातमा भेटियो सुनको भण्डार !

  • असोज २९, २०८२ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरु भिराएको त हामीले देखेकै छौं । तर, के क्रिसमस ट्री जस्तै एक सुइपाते रुख अर्थात् स्प्रूसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ ?

हालैको अध्ययनले नर्वे स्प्रूस नामक वनस्पतीका तिखा पातहरुमा सुक्ष्म कण (नानो पार्टिकल्स) का रुपमा सुन हुने तथ्यको खुलासा गरेको छ ।

फिनल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको उक्त वनस्पतीले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कणपनि सोसेर लिन्छ ।

इन्भारोमेन्टल माइक्रोबायोम जर्नलमा प्रकाशित उक्त शोध अनुसार यो तथ्यको खुलासा भएको हो ।

वैज्ञानिकहरुले फिनल्याण्डको उत्तरी क्षेत्रमा रहेको युरोपकै ठूलो किटिला नामक सुनखानी आसपासका स्प्रूस वनस्पतीहरुको अध्ययन गरेका थिए ।

त्यसक्रममा २३ वटा वनस्पतीबाट १३८ वटा सुइपातको नमूना लिइयो । अध्ययनका क्रममा चारवटा रुखका सुइपातमा सुनका सूक्ष्म कण फेला परे । ती कण यति सूक्ष्म थिए कि त्यो एक मिलिमिटरको एक लाख भाग हो ।

फिनल्याण्डको ओउलु विश्वविद्यालयकी वातावरणशास्त्री समेत रहेकी अध्ययनकी प्रमुख लेखिका केसा लेहोस्माका अनुसार रुखको भित्र रहने ब्याक्टेरिया तथा अन्य सूक्ष्म जिवहरुले सुनलाई एकत्रित गर्नमा सहयोग गर्दछन् । ती ब्याक्टेरियालाई एन्डोफाइट्स भनिन्छ । यी वनस्पतीको भित्र रहने लाभकारी जीव हुन्, जसले रुखको हर्मोन बनाउँछन् र पोषक तत्व सोस्नमा सहयोग गर्दछन् ।

कसरी जम्मा हुन्छ सुन ? ब्याक्टेरियाको जादु

बोट विरुवाले जराबाट पानी सोस्दछन् । माटोमा घुलेको सुन पनि पानीसँगै आउँछ । तर सुन वनस्पतीका लािग विषाक्त हुन्छ । त्यसैले वनस्पतीले उक्त सुनलाई पातका सुइमा जम्मा गर्न चाहँदैन । त्यसबेला एन्डोफाइट ब्याक्टेरिया काम आउँछन् । ती ब्याक्टेरियाले बायोमिनिरलाइजेसन प्रक्रियाबाट सुनका कणहरुलाई छुट्टाउँछन् ।

बायो मिनिरलाइजेसन यस्तो प्रक्रिया हो जसमा जीवहरुले आफ्ना तन्तुमा खनिज बनाउँछन् र नियन्त्रण गर्दछन् । ब्याक्टेरियाले सुनका कणलाई घेरेर बायोफिल्म बनाउँछन् । उक्त बायोफिल्म सुगर र प्रोटिनबाट बनेको हुन्छ, जसले वनस्पतीभित्र ब्याक्टेरियालाई सुरक्षित राख्दछ ।

अध्ययनको क्रममा सुनयुक्त सुइपातमा क्युटिब्याक्टेरियम, कोरिनेब्याक्टेरियम तथा एघइद्य(द्धद्द जस्ता ब्याक्टेरियाको संख्या कम पाइएको थियो । साथै अरु अध्ययनमा पनि अधिक धातुयुक्त वनस्पतीमा ब्याक्टेरियाको विविधता कमी रहने पाइएको छ । ब्याक्टेरियाले सुनलाई कम विषाक्त बनाउनका लागि यस्तो गर्दछ ।

पातबाट सुइ निकाल्नु कति सम्भव ?

 tree with gold deposit

शोधकर्ताहरुका अनुसार सुइपातमा सुन यतिधेरै कम हुन्छ कि रुख काटेर त्यसबाट सुन निकाली धनी बन्नु असम्भव हुन्छ । तर यो खोज वास्तवमा सुनको खोजीको क्षेत्रमा निकै उपयोगी भएको बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार रुखका पातहरुमा यस्ता ब्याक्टेरियाको खोजीले सुनखानी पत्ता लगाउन सहज हुनेछ ।

शोधकर्ता लेहोस्माका अनुसार ती ब्याक्टेरियाहरुको अध्ययन खानी कम्पनीहरुका लागि निकै उपयोगी हुन्छ ।

यो अध्ययनले प्रकृतिमा ब्याक्टेरियाहरु कतिधेरै चमत्कारी छन् भन्ने पनि देखाएको छ । रुखले माटोबाट धातुलाई सोसेर पर्यावरणलाई सफा राख्दछ । यसबाट खानी उद्योगमा नयाँ प्रविधि प्राप्त हुनसक्छ । त्यसैगरी यो खोजले कुनै पनि सानो जीवले ठूलो रहस्योद्घाटन पनि गर्नसक्छ भन्ने तथ्य उजागर गरेको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब