मधेशमा थपिए १ लाख बढी नयाँ मतदाता

  • मंसिर ८, २०८२ | २०३ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सम्पन्न मतदाता नामावलीमा मधेश प्रदेशमा एक लाखभन्दा बढीले नाम समावेश गराएका छन् ।

मधेश प्रदेशको ८ वटै जिल्लामा रहेको निर्वाचन कार्यालयमा १ लाख १ सय ८५ जना नयाँ मतदाताले मतदाता परिचयपत्रका लागि फोटो खिचाएको मधेश प्रदेशको निर्वाचन कार्यालय जनकपुरधामका कम्प्युटर अधिकृत कृष्ण राउतले जानकारी दिएका छन् । धनुषामा मात्रै १४ हजार १ सय २० जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् जसमा ७ हजार ८ सय ८९ पुरुष तथा ६ हजार २ सय ३१ महिला रहेका छन् ।

यसै गरि राष्ट्रिय परिचयपत्रको आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ रहेको छ । जसमा विदेशमा रहेका युवाहरूको सङ्ख् या बढी रहेको अनुमान गरिएको छ । राष्ट्रिय परिचयपत्रको आधारमा फोटो खिचाउनेहरूको सङ्ख्या अझै १ लाख हुने अनुमान गर्न सकिन्छ । यस्तै सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सो कार्यालयबाट नौ हजार १३७ र राष्ट्रिय परिचयपत्रको माध्यमबाट दुई हजार २९० जनाले नाम दर्र्ता गराएका हुन् । त्यस्तै रौतहटमा १६ हजार ८७७ जना नयाँ मतदाताले नाम दर्ता गराएको छ । राष्ट्रिय परिचयपत्र मार्फत प्राप्त आबेदन संख्या १० हजार १७८ पुगेको छ । राउतका अनुसार अन्य जिल्लाको विवरण आउन बांकी रहेको छ । अगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि फोटो खिचाउने तथा राष्ट्रिय परिचयपत्रको आधारमा विवरण भर्नेमा अधिकांश युवा पुस्ताका मतदाताहरू रहेका छन् ।

विशेषगरी देश बाहिर रहेका व्यक्तिले राष्ट्रिय परिचयपत्रको आधारमा फोटो खिचाएका छन् । मधेश प्रदेश त्यसमा पनि धनुषा जिल्लाबाट ठूलो सङ्ख्याका युवाहरू वैदेशिक रोजगारीमा गएका कारणले विदेशबाट नै राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम समावेश गर्नका लागि विवरण भर्नेहरूको सङ्ख्या उल्लेख्य हुने अनुमान गरिइएको छ ।

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डि

मध्यपूर्व (पश्चिम एसिया)मा भएको युद्धका कारण नेपाली बजा ...

‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक

नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्य ...

चैत्र २ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र २ गते । सोमबार । इस ...

चुनावी प्रचारमा लाग्ने शिक्षक र कर्मचारीलाई कारबाह

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारद ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब