प्रदेश सभाका १३ कर्मचारी हटाइयो, ५ लाई स्पष्टीकरण

  • मंसिर १२, २०८२ | ३२९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशसभाका करारका १३ जना कर्मचारीलाई हटाइएको छ । तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध पद तथा आचरण विरुद्धको कार्य गरेको (महाभियोग) प्रस्ताव दर्ताको बेला प्रतिपक्षी ७ दलीय गठबन्धनलाई प्रक्रियागत रुपमा असहयोग एवं हातपात गरेको आरोपमा तिनीहरुलाई हटाइएको छ ।

महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी सांसदहरूमाथि हातपात भएको र त्यस क्रममा तत्कालीन सभामुख मण्डललाई सहयोग गर्ने १३ जना करार कर्मचारीलाई ७ दलीय गठबन्धनको सहमति अनुसार हटाइएको उपसभामुख राउतले जानकारी दिइन् । उनका अनुसार सभामुखको निजी सचिवालय बाहेकका करार कर्मचारीलाई हटाइएको हो ।

साथै ४–५ जनामाथि अनुसन्धान जारी रहेको छ । सचिवालय स्रोतका अनुसार तत्कालीन सभामुख मण्डलका प्रमुख स्वकीय सचिव र उनको नातेदार रमेश मण्डल, स्वकीय सचिव धिरेन्द्र मण्डल र सतिश साह, कम्प्युटर अपरेटरसहितका कर्मचारीहरू सभामुखको राजीनामासँगै पदमुक्त गरिएका हुन् ।

यस्तै कार्यालय सहयोगी दीपक मण्डल, विश्वनाथ यादव र एक चालक लगायतका १३ जना करार कर्मचारी पनि हटाइएको छ । उपसभामुख राउतका अनुसार सभामुखलाई सहयोग गर्ने तर स्थायी दरबन्दीमा भएकाले तत्काल हटाउन नसकिने पाँच जना कर्मचार ीसँग स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण सोधिएका मध्ये सचिव होमनाथ पहाडी, उपसचिव विपिन ठाकुर, उपसचिव सुरेन्द्र कुमार कर्ण, कानुन अधिकृत अञ्जुकुमारी न्यौपाने र नासु विजेन्द्र यादव छन् ।

उनले भनिन्, “महाभियोगको प्रस्ताव दर्तादेखि सांसदलाई पदमुक्त गर्ने प्रक्रियासम्म संलग्न भएको आरोपमा करार कर्मचारीलाई हटाएका हौं र स्थायी कर्मचारीसँग स्पष्टीकरण सोधेका छौं । अब सातदलीय गठबन्धनको बैठक बसेर आगामी कदम तय हुनेछ ।” उपसभामुख राउतले भनिन् “संसदीय मर्यादा उल्लंघन गर्ने, प्रतिपक्षी दलमाथि हातपातमा संलग्न र सभामुखको निर्देशनमा काम गर्ने कर्मचारीलाई हटाइएको हो । सभामुख पदमा नरहेपछि उनका मान्छेले स्वयम् पद छोड्नुपर्ने हो ।”

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब