प्रदेश सभाका १३ कर्मचारी हटाइयो, ५ लाई स्पष्टीकरण

  • मंसिर १२, २०८२ | २६२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशसभाका करारका १३ जना कर्मचारीलाई हटाइएको छ । तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध पद तथा आचरण विरुद्धको कार्य गरेको (महाभियोग) प्रस्ताव दर्ताको बेला प्रतिपक्षी ७ दलीय गठबन्धनलाई प्रक्रियागत रुपमा असहयोग एवं हातपात गरेको आरोपमा तिनीहरुलाई हटाइएको छ ।

महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी सांसदहरूमाथि हातपात भएको र त्यस क्रममा तत्कालीन सभामुख मण्डललाई सहयोग गर्ने १३ जना करार कर्मचारीलाई ७ दलीय गठबन्धनको सहमति अनुसार हटाइएको उपसभामुख राउतले जानकारी दिइन् । उनका अनुसार सभामुखको निजी सचिवालय बाहेकका करार कर्मचारीलाई हटाइएको हो ।

साथै ४–५ जनामाथि अनुसन्धान जारी रहेको छ । सचिवालय स्रोतका अनुसार तत्कालीन सभामुख मण्डलका प्रमुख स्वकीय सचिव र उनको नातेदार रमेश मण्डल, स्वकीय सचिव धिरेन्द्र मण्डल र सतिश साह, कम्प्युटर अपरेटरसहितका कर्मचारीहरू सभामुखको राजीनामासँगै पदमुक्त गरिएका हुन् ।

यस्तै कार्यालय सहयोगी दीपक मण्डल, विश्वनाथ यादव र एक चालक लगायतका १३ जना करार कर्मचारी पनि हटाइएको छ । उपसभामुख राउतका अनुसार सभामुखलाई सहयोग गर्ने तर स्थायी दरबन्दीमा भएकाले तत्काल हटाउन नसकिने पाँच जना कर्मचार ीसँग स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण सोधिएका मध्ये सचिव होमनाथ पहाडी, उपसचिव विपिन ठाकुर, उपसचिव सुरेन्द्र कुमार कर्ण, कानुन अधिकृत अञ्जुकुमारी न्यौपाने र नासु विजेन्द्र यादव छन् ।

उनले भनिन्, “महाभियोगको प्रस्ताव दर्तादेखि सांसदलाई पदमुक्त गर्ने प्रक्रियासम्म संलग्न भएको आरोपमा करार कर्मचारीलाई हटाएका हौं र स्थायी कर्मचारीसँग स्पष्टीकरण सोधेका छौं । अब सातदलीय गठबन्धनको बैठक बसेर आगामी कदम तय हुनेछ ।” उपसभामुख राउतले भनिन् “संसदीय मर्यादा उल्लंघन गर्ने, प्रतिपक्षी दलमाथि हातपातमा संलग्न र सभामुखको निर्देशनमा काम गर्ने कर्मचारीलाई हटाइएको हो । सभामुख पदमा नरहेपछि उनका मान्छेले स्वयम् पद छोड्नुपर्ने हो ।”

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब