कुलमान र बालेनबीचको भेटले राजनीतिक वृत्तमा तरंग !

  • मंसिर १५, २०८२ | २९६ पटक पढिएको | सीमा संदेश
alt

भर्खरै उज्यालो नेपाल पार्टी गठन गरेर प्रत्यक्ष राजनीतिमा होमिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको भेटघाटले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

आइतबार मेयर बालेनकै निवासमा भएको यो भेटघाटलाई धेरैले सामान्य शिष्टाचार मात्र नभई भविष्यको राजनीतिक सहकार्यको बलियो संकेतका रूपमा लिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै मन्त्री घिसिङले लेखेका थिए- ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

उनको यो स्टाटसले राजनीतिक दलहरूलाई झस्काएको विश्लेषण गर्न थालिएको छ।

जनस्तरमा उच्च छवि बनाएका यी दुई पात्र एकै ठाउँमा उभिनुलाई वैकल्पिक शक्तिको नयाँ अध्यायका रूपमा समेत हेर्न थालिएको छ।

लोडसेडिङ अन्त्य गरेर व्यवस्थापकीय क्षमता प्रमाणित गरेका घिसिङ र काठमाडौंको मुहार फेर्न तल्लीन बालेनको मिलनले आगामी निर्वाचन वा राजनीतिक एजेन्डामा ठूलो प्रभाव पार्न सक्ने अनुमान धेरैको छ।

बालेनको सचिवालयका अनुसार दुई नेताबीच देशको समसामयिक राजनीति र विकास निर्माणका साझा एजेन्डामा छलफल भएको थियो।

स्वतन्त्र हैसियतमा राजनीति सुरु गरेका बालेन र भर्खरै दल खोलेर सक्रिय भएका कुलमानको यो सहकार्य केवल विकास निर्माणमा मात्र सीमित हुन्छ वा चुनावी मोर्चाबन्दीसम्म पुग्छ ? त्यो भने समयले नै बताउनेछ। तर, यो तस्बिरले निराश जनतामा भने ‘केही हुन्छ कि’ भन्ने आशा भने पक्कै जगाएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब