एमाले मधेश अध्यक्षको धारणा– देशीविदेशीले चलखेल गरे, मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयासमा छौँ

  • मंसिर १६, २०८२ | २५९ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले देशीविदेशी शक्ति लागेर एमालेको मुख्यमन्त्रीका पक्षमा भएको बहुमतमा प्रहार गर्ने काम भएको बताएका छन् ।

मंगलबारभित्र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनु पर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै उनले भने, ‘एमालेको मुख्यमन्त्री गैरसंवैधानिक भन्ने अरु दलरुको आरोप त पुष्टि भएन, विश्वासको मत लिने समयभित्र लिनेछौँ ।’

उनले अघिल्लो सरकारले विश्वासको मत लिन नसकेपछि एमालेले धारा १६८ को उपधारा ३ अनुसार सरकार बनाएको र यो सरकार निर्माण गैरसंवैधानिक भनेर प्रदेश प्रमुखलाई सरकारले हटाए पनि मुख्यमन्त्री चयनमा सर्वोच्चले गलत नभनेको दाबी गरे । उनले भने, ‘यदि एमालेको मुख्यमन्त्री नियुक्ति गलत थियो भने सर्वोच्चले निर्णय उल्ट्याएर पुरानै सरकार स्थापित भइसक्थ्यो ।’

उनले सर्वोच्चको निर्णय मान्ने बताए । ‘शुरुमा हाम्रो बहुमत थियो, जनमतलाई देशी विदेशी शक्ति लागेर गठबन्धनबाट छुटाउने काम भयो,’ उनले भने, ‘एमाले, कांग्रेस र जनमतको बहुमतमा जनमतलाई छुटाइयो, अहिले चैँ कांग्रेससँग पनि हाम्रो वार्ता भएको छैन ।’

उनले राजनीतिमा विश्वासको वातावरणमा काम गर्नु पर्ने भएर एमालेले काम गरिरहेको तर अरु दलहरुबाट धोका भएको बताए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब