गोलबजारको माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजमा MBA कार्यक्रम सञ्चालन

  • मंसिर १८, २०८२ | ३४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ मंसिर ।  गोलबजारस्थित माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजले  आ.व.२०८२÷०८३ शैक्षिक सत्रबाट जिल्लामै पहिलो पटक राजर्षि जनक विश्वविद्यालय संम्बन्ध प्राप्त स्नातकोत्तर तर्फ  एमबीए कार्यक्रम सञ्चालन गरेको छ।

उच्च शिक्षा स्नातक तर्फ बीबीए,  बीसीए, बीएससी सीएसआईटीका पढाई गराउँदै आएका कलेजले यसै वर्षबाट स्नातकोत्तरको पठन पाठन सुरुगरेको बुधवार कलेज परिसरमै पत्रकार सम्मेलन गरी कलेज प्रमुख मनोज कुमार यादबले बताए ।

विगत लामो समयदेखि माउन्ट एभरेष्ट सेकेन्ड्री स्कूलको नाममा निजी तवरबाट नर्सरी देखि उच्च माध्यमिक सम्मको शिक्षाको विकासमा योगदान गर्दै आएको कलेजका संस्थापक कलेज प्रमुख  यादवले स्नातकोत्तर सम्मका शिक्षामा पनि आफूहरुले हात हालेको पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘मेरो लामो समय शिक्षा क्षेत्रमै वित्यो, मैले अव अन्यत्र सोच्ने कुरा पनि आउँदैन र मधेश प्रदेशमै आफ्ना बच्चाहरुलाई एकै ठाउँबाट स्नातकोत्तर सम्मको पढ्न पाठाउने त्यस्तो ठाउँ छैन। त्यसैले पनि उच्च शिक्षामा प्रवेश गरेको हो।’

उनले आफ्नो सम्पूर्ण समय र सम्पतीको लगानी यसै क्षेत्रमा रहेकाले समयको माँग, स्थानीय आवश्यकतालाई पछ्याउँदै पछिल्ला केही वर्षबाट माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजलेको नाममा हामीले उच्च शिक्षामा हात हालेको दोहर्याए। उनले यस कलेजले समय सान्दर्भिक विषयहरु यस क्षेत्रका विद्यार्थी तथा अभिभावको आयस्तरलाई बुझेर नै  न्यून शुल्कमा उच्च शिक्षा प्रदान गर्ने बताए।

 उनले भने, ‘हामीेले अहिले सवैतिर काम लाग्ने  विषयहरु पढाइरहेका छौँ, त्यसका लागि हामीले हाम्रो दक्ष जनशक्ति मार्फत न्यून शुल्कमा पढाउने काम गरिरहेका छौं। जुन कसैले सोच्न पनि सक्दैन। हाम्रो मुख्य उदेश्य भनेकै सवैले सहज, सुलभ ढङ्गले गुणस्तरीय उच्च शिक्षा पाउन भन्ने हो।’

 न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको माउन्ट एभरेष्ट इन्टरनेशनल कलजेले दश जोड दुई तर्फ विज्ञान, बाणिज्य र शिक्षा विषय पठन पाठन गाराउँदै आईरहेका छ । ग्रामिण क्षेत्रका विद्यार्थीहरुले सहज रुपमै कलेज सम्म ल्याउन बस सेवा पनि प्रदान गरिरहको छ।

कलेजमा नर्सरी देखि दश सम्म दुई हजार एक सय र दश भन्द माथि सात सय विद्यार्थी रहेका छन । गुणस्तरी शिक्षाको प्रतिवद्धता पुरा गर्न एक सय भन्दा बढी दक्षजनशक्ति शिक्षकका टिम रहका छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब