सिरहाबाट कांग्रेसका उम्मेदवार सिफारिस

  • मंसिर २४, २०८२ | २४६ पटक पढिएको | सीमा संदेश
alt

कांंग्रेस सिरहाले प्रतिनिधि सभा सदस्यमा वहालवाला राजदूत, हज कमिटिका अध्यक्ष र पूर्वमन्त्रीहरुको नाम सिफारिस गरिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रले प्रत्यक्ष, समानुपाति र राष्ट्रिय सभा सदस्यको नामवाली टुंगो लगाएको हो ।

सिरहा क्षेत्र नम्बर २ वटा समानुपातितर्फ पूर्वमन्त्री तथा अष्ट्रेलियाका वहालवाला राजदूत चित्रलेखा यादव, सिरहा क्षेत्र नम्बर ४ वाट प्रत्यक्षतर्फ हज कमिटिका अध्यक्ष मोहम्मद मुक्क्तार अहमद, सिरहा क्षेत्र नम्बर १ वाट पूर्वमन्त्री पद्यनारायण चौधरी, सिरहा क्षेत्र नम्बर ३ वाट पूर्वमन्त्री सीतादेवी यादवको नाम सिफारिस गरिएको छ।

सिरहा क्षेत्र नम्बर १ प्रत्यक्षमा रामसुन्दर चौधरी, पद्यनारायण चौधरी, समानुपातिकतर्फ उषा राउत, सूर्यनारायण यादव, परमेश्वर साह, श्रीचन पासमान र श्रमिला पोखरेल सिफारिस भएकी छिन् ।

सिरहा क्षेत्र नम्बर २ प्रत्यक्षमा कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, समानुपातितर्फ अष्ट्रेलियाका राजदूत चित्रलेखा यादव र राष्ट्रिय सभा सदस्यमा अमिय कुमार यादव सर्वसम्मतले सिफारिस गरिएको छ ।

सिरहा क्षेत्र नम्बर ३ प्रत्यक्षतर्फ कांग्रेसका पूर्व कोषाध्यक्ष सीतादेवी यादव, डा. सुभाषचन्द्र यादव (सीतादेवीका छोरा), समानुपातिकतर्फ अमर रेग्मी, जिवछ गुप्ता र जगतारैन कामतीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति संजय प्रकाश यादवले बताएका छन् । 

सिरहा क्षेत्र नम्बर ४ प्रत्यक्षतर्फ हज कमिटिका अध्यक्ष मोहम्मद मुक्तार अहमद, मन्जु खाड (पूर्व गृहमन्त्री बालबकृष्ण खाँडका श्रीमती), डा. गणेश मण्डल र समानुपातिकतर्फ अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर र रमेश न्यौपानेलाई सिफारिस गरिएको नगरसभापति न्यौपानेले बताएका छन् । जिल्ला सभापति यादवअनुसार चारवटै क्षेत्रबाट नाम सिफारिस भैसकेको बताए ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब