“आदिवासी जनजाति आन्दोलन मूलत : एउटा वर्ग संघर्ष पनि हो ।“

  • मंसिर २८, २०८२ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

कुनै निश्चित भूगोल वा क्षेत्रमा प्राचीन समयदेखि बस्दै आएको बासिन्दा वा समुदायलाई आदिवासी जातजाति भनिन्छ,जसको आफ्नै भाषा, संस्कृति, धर्म, रीतिरिवाज, परम्परा र इतिहास हुन्छ। आदिवासी जनजातिहरु बाहिरवाट आएको बासिन्दा होइन।यिनीहरूको उत्पति जन्म त्यही निश्चित ठाउँमा भएको र प्राकृतिक स्रोतहरुमा पनि यिनीहरुकै परम्पारगत अधिकार हुन्छ। यिनीहरु  त्यस भूमिको पहिलो बासिन्दा हुन्।यिनीहरूको भूमि,जल, वन ,जंगल आदिमा अग्राधिकार हुन्छ।त्यसैले यिनीहरूलाई भूमिपुत्र वा मूलवासी पनि भन्ने गरिन्छ।

आफ्ना हक, हित र अधिकारहरू प्राप्त गर्ने उद्देश्यले  नेपालमा ९ वटा जातिय समुदायहरूको अग्रसरतामा वि.स.२०४७ सालमा नेपाल जनजाति महासंगको स्थापना भएको थियो।तर नेपालमा जनजाति आन्दोलनहरू असंगठित रूपमा धेरै पहिला देखि नै हुँदै आई रहेको थियो। किनभने  जनजातिहरुले भोग्नु परेका  शोषण,दमन अन्याय,अत्याचार उत्पीडनको समस्याहरू धेरै पुरानो भएकाले उनीहरूले यसका बिरुद्द संघर्ष र आन्दोलनहरू पटक पटक गर्दै  आइरहेको कुरा इतिहासको अध्ययनबाट सजिलै बुझ्न  सकिन्छ।

वि.स. २०६० सालमा नेपाल  जनजाति  महासंगको नाम परिवर्तन गरी नेपाल आदिवासी जनजाति महासंघ राखियो।यसलाई सम्पूर्ण जनजातिहरुको  प्रतिनिधिमूलक  साझा संस्थाको रूपमा लिइन्छ।यसलाई स्वतन्त्र संस्थाको रूपमा हेरिएको छ।  खासगरी नेपालमा २०६२÷६३ को दोश्रो एतिहासिक जनआन्दोलन भएर पहिलो संविधानसभाको निर्वाचन पछि संविधान बनाउने बेला सम्म आदिवासी जनजातिहरुको आन्दोलनहरू ज्यादै सशक्त र प्रभावकारी भएको हुनाले तत्कालिन राज्य सरकार पक्षले जनजातिहरुका  मुद्दाहरूलाई स्वीकार गरेका थिए।आन्दोलनले उपलब्धिहरू प्राप्त गरेको थियो।पहिचानको सवाल,समानुपातिक समावेशी मुद्दाहरू,आत्मनिर्णयको अधिकार,५९ जनजातिहरुको पहिचान स्वीकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई मान्यता  दिएका  थिए।

तर एकाएक प्राप्त उपलब्धिहरू किन  बिस्तारैहराउँदै गए त? भन्ने सवाल उठ्नु स्वभाविक छ। धेरै कारणहरू हुन सक्छन्। जनजातिका सामाजिक संघ संस्थाहरुले सक्रिय भूमिका निर्वाह गर्नु नसक्नु, विभिन्न दलमा आबद्ध जातीय मोर्चाहरुले ठीकसंग जातीय मुद्दाहरुलाई   लाई उठाउन नसक्नु , आदिवासी जनजाति महासंघ स्वतन्त्र संस्था भनिए पनि यहाँ  विभिन्न प्रभावहरू परेको देखिन्छ । यसलाई नेतृत्व गर्ने लिदारहरुमा स्पस्ट दृतिकोनको अभाव  पनि हो।पार्टीहरूमा आबद्ध जनजाति नेताहरुले पार्टी भित्र जनजातिका सवालहरुलाई सशक्त रूपले उठाउन नसक्नु ।जनजातिका नाममा सीट,पद ,प्रतिष्ठा ,सम्मानित भएर मात्र पार्टीहरूमा बसिरहने प्रवृत्तिले गर्दा जनजातिका मुद्दाहरु ओझेलमा पर्न गए। अर्को कुरा भनेको जनजातिहरुले विशुद्ध जातीय मुद्दामा मात्रै केन्द्रित  भएको हुनाले नै हो।

अब जनजातिहरुले बुझ्नु पर्ने मुख्य कुरा के हो भने जनजाति आन्दोलन विशुद्ध जातीय मात्रै आन्दोलन हो यसको वर्ग संग कुनै सम्बन्ध छैन भन्नु सरासर गलत बुझाइ हो।जातको कुरा गर्नेले वर्गको कुरा गर्नु हुँदैन र वर्गको कुरा गर्नेले जातको कुरा गर्नु हुँदैन भन्ने सोच अतेन्तै  संकीर्ण र पुँजीवादी सोच हो।जाती भित्र पनि वर्ग हुन्छ।जातिको समस्या हल गर्दैमा वर्गीय समस्या समाधान हुन सक्दैन।वर्ग प्रधान समाजमा वर्ग त झन् मूल मुद्दा नै हो ।त्यसैले उत्पीडित जाती र वर्ग एकाकार हुनु  आवश्यक छ।

उत्पीडित  वर्गको आन्दोलनको सहयोगले  मात्र जनजाति आन्दोलन सफल हुन्छ। भन्नुको तात्पर्य के हो भने वर्गीय आन्दोलनले मात्र जनजातिहरुको वर्गीय मुक्ति हुन्छ। त्यसैले जनजाति आन्दोलन  वर्ग संघर्ष हो बेग्लाबेग्लै संगठित भएर  संघर्ष गर्नु आवस्यक छैन । जनजातिका मुद्दा राजनीतिक अधिकार सँग पनि सम्बन्ध छ। माक्र्सले भन्नु भएको थियो कि उत्पीडित जनजातिको आन्दोलन उत्पीडित वर्गको लागि ज्यादै आवस्यक हुन्छ। लेनिनले पनि के भन्नु भयो भने आत्म निर्णयको अधिकार स्वीकार नगर्ने कम्युनिस्ट हुनै सक्दैन।यवत के बुझिन्छ भने कम्युनिष्टहरूले पनि जनजातिको मुद्दा लाई पहिले देखिनै उठाउँदै गरेको भन्ने बुझिन्छ।

अहिलेनेपल्को जनजाति आन्दोलन निकै अप्ठ्यारो मोडमा उभिएको छ।यसका समस्याहरू धेरै छन् ।यसलाई समाधान गर्न सही  दिशा निर्देसकोआवस्यक छ। किनकी गसहि दिशा निर्देशले मात्र आन्दोलनलाई सही ठाउँमा पुर्याउन सक्छ। नेपालमा कथित उच्च जातिको  अहंकार शोषण दमन उत्पीडन बात मुक्ति पाउन सम्पूर्ण आदिवासी जनजातिहरुले संगठित भएर संघर्ष गर्नुको विकल्प छैन।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब