नेपालमा २५ हजारसम्म २०० र ५०० दरका भारु बोक्न पाइने

  • पुस १, २०८२ | ३९८ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा पाँच सय रुपैयाँसम्मका भारतीय रुपैयाँका नोट प्रयोगको बाटो खुलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ हजारको हद तोकेर दुई सय पाँच सय भारु नोट प्रयोग गर्न दिने निर्णय गरेको हो। 

२०१६ को ९ नोभेम्बरपछि छापिएका दुई सय र पाँच सयका नोट प्रयोग गर्न पाइनेछ। सोही दिनदेखि भारतले विमुद्रीकरणको निर्णय गरेर पुराना नोटमा प्रतिबन्ध लगाएको थियो। त्यसयता नेपालमा एक सय भारुसम्मका नोट मात्र प्रचलनमा छन्। जसले गर्दा भारत जाने नेपाली तथा नेपाल आउने भारतीयले साना नोट मात्र बोक्नुपर्दा समस्या झेल्दै आएका थिए। 

सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे सञ्चारमन्त्री जगदीश खरेलले भने, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ।’ 

दुई साताअघि विदेशी मुद्रा सटही (मुद्राको आयात तथा निर्यात) विनियमावली, २०२५ संशोधनमार्फत भारतको केन्द्रीय बैंकले नेपाल र भुटानमा २५ हजार भारुसम्म ठुला दरका नोट ओसारपसार गर्न अनुमति दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाल सरकारले निर्णय गरेको हो। 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब