मधेशी दलहरु निर्वाचनको पक्षमा

  • पुस ३, २०८२ | २७५ पटक पढिएको | सीमा संदेश
alt

कांग्रेस र एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आइरहेको बेला मधेस केन्द्रित दलहरु भने त्यसको विपक्षमा देखिएका छन् ।

उनीहरू जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने पक्षमा रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको तयारीमा लागेको सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउंछन् । उनले भने ‘सरकारले चुनाव गराउँछ भने हामी भाग लिन तयार छौं । चुनावको घोषणा गरिसकेकाले संसद् पुनस्र्थापनाको कुरा गर्न उठाउनु ठीक होइन ।’ जेनजी पुस्ताले गरेको आन्दोलनकै कारण २०८४ को चुनाव २०८२ मा हुन लागेकाले यसको विकल्प नभएको उनको भनाइ छ ।

यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि आफ्नो पार्टी संसद् पुनस्र्थापनाको पक्षमा नरहेको बताउंछन् । जेनजी आन्दोलनको सम्मान गर्दै आफ्नो पार्टी चुनावका लागि तयार रहेको उनको भनाइ छ । ‘जेनजी आन्दोलनपछि संसद् विघटन भइसकेको छ र चुनावको घोषणा भइसकेको छ, अब पछाडि नफर्की नयाँ जनादेशका लागि अगाडि बढ्नुपर्छ,’ उनले भने । विघटित प्रतिनिधिसभामा नरहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद् पुनस्र्थापनाको मागले जेनजी आन्दोलनको अपमान गर्ने बताए ।

‘कांग्रेस–एमालेले पुनः लुट मचाउन, भ्रष्टाचार गर्नका लागि संसद् पुनस्र्थापनामा जोड दिएका हुन् । नयाँ जनादेशमा जानुको विकल्प छैन, अब कसैले पनि आन्दोलनको मानमर्दन गर्न पाइँदैन,’ उनले भने ।’ लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि अबको विकल्प चुनाव नै भएको बताएका छन् । उनले भने ‘चुनाव हुन नसक्ने अवस्थामा मात्रै विकल्पको रूपमा संसद् पुनस्र्थापनामा जानुपर्ने हो, सरकारले चुनावको मिति घोषणा गरिसकेकाले सबै दल त्यसमै केन्द्रित हुनुपर्ने हो ।’

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब