राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेश प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते जनकपुरमा हुनेछ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved