जेन-जी भनेको युवा पुस्ता हो।सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका मानिसहरूको युवा पुस्तालाई जेन-जी पुस्ता भनिन्छ। यस पुस्तालाई जेनेरेसन जी पनि भनिन्छ। जेन-जी पुस्तालाई इन्टरनेट वा डिजिटल नेटिभ भनिन्छ किनकि यो पुस्ता सूचना प्रविधि इन्टरनेट र सामाजिक सञ्जालमा हुर्केको पुस्ता हो। जेन-जी पुस्ता भनेको डिजिटल युगमा हुर्केको सामाजिक र राजनीतिक रूपमा सचेत युवा पुस्ता हो।यो पुस्ता कुनै रणनितीक सामाजिक र सांस्कृतिक संगठन होइन। न त यसको कुनै धर्म जात संग सम्बन्ध हुन्छ।
जेन-जी विद्रोह किन भयो ?
हरेक सताब्दीमा राजनीतिक क्रान्ति वा आन्दोलनहरुका प्रवृत्तिहरू एकै खालका हुँदैनन्। २० औं शताब्दीको एंगलबाट २१ औं शताब्दीको क्रान्ति वा आन्दोलन बुझ्न सकिँदैन।नेपालमा भएको आन्दोलनहरू यात २००७साल, २०४६ साल, दशवर्षे जनयुद्ध यात २०६२/६३ को जस्तो आन्दोलनको कल्पना गर्छौं। तर जेन-जी त्यसप्रकारको विद्रोह बिल्कुल होइन। यस प्रकारको विद्रोह नेपालमा संभवतः पहिलो पटक भएको हो। तर विश्व राजनीतिको इतिहासमा भने यो प्रकारको मुभमेन्ट भने पहिलो पटक होइन । विषेशगरी सन् २०१० पछि यस्ता विद्रोहहरु विश्वका विभिन्न देशहरुमा देखा पर्यो।जस्तै त्युनेसीया अरब,बहराइन,यमन ,सरभिया,नाइजेरिया दक्षिण एसिया श्रीलंका र बंलादेशमा यस्ता प्रकारका विद्रोहीहरू देखा परी सकेको थिए।नेपालमा पनि यस्ता घटनाहरू हुन सक्छन् भनेर विभिन्न चेतावनी,लेख आदि बाट बुझ्न वा अनुमान गर्न सकिन्थ्यो किनभने हुन सक्ने आधारहरू प्रसस्तै छन् जुन तत्कालिन कारण सामाजिक सञ्जालहरु माथि लगाइएको प्रतिबन्धलाई लिन सकिन्छ। यो २०२१ औं शताब्दीको गलोबालाइज्ड डिजिटल इन्टरनेटको युगमा पपुलर सामाजिक सञ्जाल ब्यान्ड गर्नु यो असम्भव कुरा थिए यो त केबल तत्कालिन ओली नेतृत्व गठवन्धन सरकारको ह्ठ,दम्भ र मूर्खता थियो। यो परिस्थितिलाई बुझ्नु नसकेको अवस्था मात्रै थियो। सबै सामाजिक सञ्जाल बन्द गर्नु भनेको त फेरि देशलाई ढुङ्गे अन्धकार युगमा लान खोज्नु जस्तै हो। जुन कदापि सम्भवै थिएन । यो मौलिक हक को हनन हुन्थ्यो। नेपालका थुप्रै नागरिकहरु विभिन्न देशहरुमा बसाई सरेका छन्। उनीहरूसँग कुरा गर्न मेसेन्जर ह्वाटएप्सबाट जस्ता एप्स एकाएक बन्दले जीवन कठिनाई हुनु स्वाभाविक थियो । अहिले समाजी सञ्जाल मानिसको जीवनको अभिन्न अंग भइसकेको छ। इन्फर्मेशन प्राप्त गर्ने, ज्ञान लिने ,म्युजिक सुन्ने, मूभी हेर्ने , अपर्टुनिति वा कामको खोजि सब ठो सोसल मीडिया बताई हुन्छ। त्यसैले यो उपयोगी र लोकप्रिय सञ्जाल बन्द विरुद्ध नै जेन जी वद्रोह भएको थियो।
गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोह लामो समय देखि मुलुकमा कुशासन, व्याप्त भ्रष्टाचार,बेथिति सामाजिक अन्याय र ढिला सुस्तिको अन्त्य र नयाँ पुस्तान्तरण लागि भएको थियो। मुलुकमा राजनीतिक प्रणाली फेरिए,संविधान फेरिए,शासन फेरिए पनि शासन प्रवृत्ति भने फेरिएनन। आम जनता र राजनीतिकदल बीचको दूरी बढ्दै गइ रहेको र वितृष्णा पैदा भइसकेको अवस्था थियो। यद्यपि राजनीतिक देशलाई डोर्याउने क्षेत्र भएँ पनि जनताले भरोसा गर्न लायक क्षेत्र हुन सकेको थिएन। लोकतन्त्र लाई थिचेर शासन सत्ता चलाई रहेका दलहरुले विश्वास गुमै सकेका थिए । वास्तवमा त्यो विद्रोह जनताको आक्रोश थियो। त्यो विद्रोह जनताको असन्तुष्टिको विद्रोह थियो।
आसन्न निर्वाचन र चुनौतीहरू
निर्वाचन राजनीतिक प्रतिनिधि छनौट गर्ने एउटा प्रणाली हो। निर्वाचनले लोकतन्त्रलाई मजबूत पार्दछ। त्यसैले निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचनले लोकतन्त्रलाई सुन्दर बनाउँछ। त्यसैले यो लोकतन्त्रको गहना पनि हो। जेन-जी विद्रोहको जगबाट बनेको सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि विभिन्न राजनीतिक दलहरु राजनीतिक गतिविधिहरु कर्यक्रहरु गर्न थालेकाछन्। धेरै पार्टीहरूले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। मुख्य कुरा के हो भने जेन-जी विद्रोहले उठाएका जायज मागहरु निर्वाचनले पूर्ण समाधान दिन सक्छ कि सक्दैन त्यो अनिश्चित छ। तर जेन जी ले उठाएका माग वा एजेण्डाहरुलाई संवैधानिक बाटोबाट अघि बढाउने माध्यम भने निर्वाचन नै हो। निर्वाचन एउटा साधन हो फेरि निर्वाचनले परिवर्तन गरिदिन्छ भन्ने होइन। निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ। प्रशासनिक लगायत न्यायीक कार्यान्वयनमा सुधार जरुरी छ।
जेन-जी विद्रोहले नेपाली जनतालाई साँच्चै जगाई दिएको छ भने वा राजनीतिक चेतनालाई झकझाएकै हो भने पक्कै नेपाली जनताले सचेत भएर इमान्दार उम्मेदवारलाई जवाफदेही बनाउनेछन्। जनताले अब फेरि पुरानै गल्ती नगर्ने हो भने भ्रष्ट पात्रलाई बहिस्कार र्गर्ने र उपयुक्त उमेदवारलाई ल्याउन सकेमा जेन जी को मागलाई एउटा नीतिमा परिवर्तन गर्ने सुनौलो अवसर प्राप्त हुनेछ। तर यदि आगामी निर्वाचनले जेन-जी को माग लाई बेवास्ता भएमा उनीहरूको आन्दोलन यो भन्दा भयानक नहोला भन्न सकिन्न।
भोलिको चुनाव कति सार्थक वा प्रभाबकारी भन्नेकुरा चुनावमा भाग लिने दलहरुले जेन जी का माग लाई आत्मसाथ गरे कि गरेनन् भन्ने प्रमुख कुरा हुनेछ। आम नागरिकले जवाफदेही उम्मेदवारलाई छनौट गरे कि गरेनन् । कि फेरि पुरानै प्रवृत्तिका, पुरानै चिन्तन सोचका भ्रष्टहरु जो बेथितिमामा रमाउन चाहन्छन् नर नयाँ पार्टी नयाँ तर पत्र व्यक्ति उही भएमा चुनाव के अर्थ होला?,
देश अहिले ज्यादै कठिन अवस्थामा उभिएको छ। राजनीतिक दलहरुले अब जनतालाई जनार्दन हुन अब जनतासँग आफ्ना कमी कमजोरीहरू स्वीकार गरेर आत्मलोचन आत्मसमीक्षाका साथ जनतासँग नजिक हुनुको विकल्प नै छैन। किनभने जेन जी बिद्रो सम्पूर्ण नेपालीको विद्रोह थियो। कुनै दल विशेषको थिएन । यो स्वस्फूर्त र भावनाको विद्रोह थियो। यो एतिहासीक विडियो थियो जुन अन्तराष्ट्रिय रूपमै गौरव बढाउने काम गरेको छ । यो विद्रोह हाम्रो गौरव हो । यो एतिहासीक सम्पति हो । यसको सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved