चिसो बढेपछि गौरका विद्यालय ४ दिन बन्द

  • पुस ८, २०८२ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ ।

गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ ।

चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए ।

अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ  ।

नगरपलिकाले सूचना जारी गरेपछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरुलाई चार दिनसम्म बन्द गर्ने जनाएको छ ।

रौतहटमा बिहान बाक्लो हुस्सुसँगै शीत खस्ने र दिनभरी कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा पनि कमी आएको छ ।

बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ । सधै जसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ ।

बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्ने गरेकोले बजारहरु बेलमैमा सुनमान हुन थालेका छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब