बरियारपटिलाई मूल भन्सार बनाउन माग

  • पुस ११, २०८२ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

बरियारपटिमा रहेको छोटी भन्सार कार्यालयलाई मूल भन्सार कार्यालय बनाउन माग गरेको छ । अर्थमन्त्री डा. रोमेश्वर खनालाई लहानमा जेनजी सिरहाले  ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

बिहीबार लहानस्थित रामकुमार शारडा उमा प्रसाद प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालललाई जेनजी सिरहाको तर्फबाट सन्तोष यादवले ज्ञापनपत्र बुझाउँदै बरियारपटिमा मूल भन्सार नहुँदा सिरहाका मध्यभागमा व्यापारी तथा सर्वसधारणले सास्ती खेप्न बाध्य भएको ध्यानाकर्षण गराउनुभयो ।

गोलबजार र धनगडीमाइ नगरपालिका, औरही, नवराजपुर र बरियारपटीका व्यापारी र स्थानीयहरुलाई भारतीय बजार लदनीयाबाट सामान आयात गर्न बरियारपटिलाई मूल भन्सार कार्यालयमा स्तरोन्नति गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यता जिल्ला उद्योग वाणिज्य संघ  सिरहा लहानका अध्यक्ष विकास शारडाले लौकहा ठाडी र माडर भन्सार कार्यालयलाई समायोजन गरी क्वारेइन्टाइनको व्यवस्था गरेर सिरहा जिल्लाको व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउन ६ बुँदे ध्यानाकर्षणपत्र अर्थ मन्त्रीलाई बुझाइएको उहाँले बताउनुभयो ।

जेनजी सिरहा र जिल्ला उद्योग वाणिज्य संघ  सिरहा लहानले बुझाएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा. खनालले समस्या समाधानका लागि चाँडै पहल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अर्थतान्त्रलाई लयमा फर्काउन सुशासन सुरक्षा, भ्रष्टाचार नियन्त्रण र इमानदारी पहल गर्न आफूले व्यापार व्यवसायलाई सहज बनाउन काम गरिरहेका छु । यस्ता ज्ञापन पत्र र ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरुलाई गम्भीरता पूर्वक लिएका छौँ ।’’

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब