मधेशमा वैकल्पिक राजनीतिप्रतिको अनाकर्षण

  • माघ ४, २०८२ | २२१ पटक पढिएको | सीमा संदेश
alt

मुलुकको राजनीतिक इतिहासलाई राम्ररी अध्ययन गर्दा  मुख्यत दुई वटा राजनीतिक पार्टीहरू कांग्रेस र कम्युनिष्टहरुले नै राजनीति , लोकतन्त्र र समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याएको कुरालाई बिर्सन सकिँदैन । यी दुई वटा राजनीतिक शक्तिहरूको आ आफ्नै लामो इतिहास छ । यिनीहरूले  राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि गरेका संघर्ष अति नै महत्वपूर्ण छन् । खासगरी निरंकुश  पञ्चायती शासनको विरुद्ध २०४६ सालको पहिलो एतिहासिक जन आन्दोलन यता लगभग ३६ वर्ष यिनै दुई पार्टीहरूले आलोपालो गर्दै शासन सत्ता चलाउँदै आईरहेका छन् । यी दुई ठूला  शक्तिहरू कांग्रेस र कम्युनिस्ट नै मिलेर  पछिल्लो पटक सरकारको नेतृत्व पनि गर्दै आईरहेका कुरा सबैलाई जगजाहेर नै छ । तर आज नेपालमा थुप्रै पार्टीहरू खुलिसकेका छन् । निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । झण्डै १३९ पार्टीहरू भइसकेका छन् । 

कुनै नयाँ व्यक्ति अथवा दलको उदय हुनु  युवा पुस्ताले नेतृत्व लिनु त्यो मात्र  वैकल्पिक राजनीति होइन । वैकल्पिक राजनीति सत्ता प्राप्त गर्ने माध्यम मात्र पनि होइन । यो त चिन्तनको एउटा शृङ्खला हो । राजनीतिक दलहरुमा परम्पारगत दृष्टिकोण, नीति, विचार, एजेण्डा, कार्यशैलीमा हुने परिवर्तन हो ।जसले रूपान्तर गर्ने साहस राख्न सक्छ । जो मुद्दा केन्द्रित र मूल्य मान्यता केन्द्रित हुन्छ । नयाँ परिस्थितिको सामना गर्न सक्छ । जसले सबै सामाजिक विभेदको अन्त्य साथै राजनीतिक, आर्थिक लगायतका समस्याहरूबाट देशलाई बाहिर ल्याउन सक्छ जो सँग स्पस्ट नयाँ  वैचारिक दृष्टिकोण छ । अर्थात् वैकल्पिक राजनीति भन्नाले दलहरु र जनताहरू बीचको दूरीको समस्या समाधानको उपयुक्त  विकल्प हो । अहिले भइरहेका अभ्यासहरु भन्दा फरक किसिमका अभ्यासहरु कसरी राजनीतिमा गर्न सकिन्छ भन्ने हो ।

वास्तवमा वैकल्पिक राजनीति एउटा विचार हो । एउटा दृष्टिकोण हो । धेरै दलहरु मिलेर एउटै स्थानमा रहँदा वैकल्पिक राजनीति शक्ति तयार हुन्छ भन्ने बुझाइ पनि सत्य हुँदैन । किनभने दलहरुका एजेण्डा, विचारधारा, कार्यशैली  भिन्न भिन्न हुन सक्छ । र यो निश्चित छ कि विभाजन वा फुट हुन्छ । यसलाई अस्वभाविक मान्नु हुँदैन । सत्ताको लड़ाई भनौं यात जुँगाको जे भए पनि आखिर यसको निराकरण लोकतान्त्रिक मूल्य र मान्यताले नै गर्ने हो । जुन दलहरुमा हुनु आबस्यक छ । वैकल्पिक राजनीति लागि राजनीतिक संस्कारमा सुधार अथवा परिवर्तन हुनु पर्दछ । एक अर्कालाई तुच्छ व्यवहार  गर्ने , गाली गलौच गर्ने , हिंसात्मक क्रियाकलाप गर्ने , एकअर्कालाई दोषारोपण गर्ने , गलत आचरण प्रदर्शन गर्ने राजनीतिको समाप्ति हुनु पर्दछ। 

नेपालमा वैकल्पिक राजनीति किन अपरिहार्य हुन  गयो भने  यहाँका दल वा  पार्टीहरुले सत्ता केन्द्रित राजनीति गर्ने,जनतासँग भोट लिने र  पावर गेममा अल्झिएर वस्ने जस्ता कुराले गर्दा नै भएको  हो । मुख्य गरी नेपालमा विभिन्न क्षेत्रहरुमा  जस्तो राजनीतिको समस्या र समाधान ,आर्थिक समस्या र समाधान,प्रशासनिक समस्या र समाधान ,सामाजिक समस्या र समाधान   भु – राजनीति समस्या र समाधान र विदेशनीति सम्बन्धी समस्या र समाधान को सुधारको लागि  वैकल्पिक राजनीति एउटा विकल्प हुन सक्छ भन्ने अर्थमा बुझ्न सकिन्छ ।
राजनीतिमा विचारधारा र दृष्टिकोणको महत्व हुन्छ । नेपालका दुई स्थापित राजनीतिक  पार्टीहरु कांग्रेस र कम्युनिस्ट बाहेक अन्य  नयाँ पार्टीहरु वैकल्पिक राजनीतिको प्रतीक हुन सकेनन । किनभने वैकल्पिक राजनीति हुनको लागि केही तत्व हुनु जरुरी हुन्छ ।

 जस्तो वैकल्पिक दृष्टिकोण र विचारको आबस्यक हुन्छ । उदाहरणको लागि छिमेकी राष्ट्र भारतमा पनि केही पार्टी हरु जस्तो बहुजन पार्टी,आम आदमी पार्टी, तेलुगु देशन् पार्टी ,आसाम जन परिषद पार्टी हरु वैकल्पिक राजनीतिको रूपमा उदाएका थिए । त्यस मध्य आम आदमी पार्टी त्यति सफल भने हुन सकेन किनभने  यसले जात र धर्म भन्दा माथि उठेर  कुरा गर्ने  तर कुनै क्षेत्र वा ठाउँको मात्र सीमित नरही राष्ट्रलाई नै एउटा वैकल्पिक मार्गमा लाने कुरा रहेको थियो ।

त्यसैगरी नेपालको इतिहासमा वैकल्पिक राजनीतिलाई कतिवटा लाई किन सकिन्छ भन्दा एउटा पार्टीलाई ,एउटा स्वतन्त्र लाई जिताउने ट्रेन्ड र यसको साथ साथ अर्को अधिकारको लागि र भ्रष्टाचार विरुद्धका  लड़ाई लाई पनि लिन सकिन्छ ।  पार्टीको हिसाबले  हेर्दा  विवेकशील साझा पार्टी लाई  वैकल्पिक क्रेडिट दिइयो । यो असफल भयो किनकी यसमा  त्यो स्तर को कुनै भिजन थिएन  । बाबुराम भट्टराईको  नेतृत्वमा नयाँ शक्ति पार्टी  खुल्यो । पाँच वटा यस को सिद्धान्त पहिलो सुशासन , सदाचारको बारेमा , सामाजिक न्याय ,समाजवाद र समृद्धि को बारेमा भनिएको थियो । त्यसै गरी राष्ट्रीय स्वतन्त्र पार्टीले लाई पनि वैकल्पिक राजनीति देखा पर्यो । जनमत पार्टी ,नागरिक उन्मुक्ति पार्टी हरु पनि देखापर्यो । जेन्जि मुभमेन्ट खास गरी  पहिलेका परम्परा वादी राजनीति  पार्टीहरू बाट वाक्क दिक्क भएर यो एक लेभलको आन्दोलन भएको थियो ।

यो आन्दोलन पछि पनि केही पार्टीहरू खुले । जसले आफूलाई वैकल्पिक भनेर दावी पनि गर्छन् । जस्तो हर्क साम्पाङ ले नेतृत्व गरेको पार्टी श्रम सांकृतिक , उज्यालो नेपाल  पार्टी हेर्न सकिन्छ । यिनीहरूलाई सीमान्तकृत समुदायको आधारमा हेर्दा जो सदियौंदेखि शोषणमा परेकाछन् ।  यो सबको हितमा कुनै पनि चर्चा सायदै गरेकाछन् । यद्यपि यिनीहरू आफूलाई वैकल्पिक रूपमा दाबी गर्छन् ।  तर ट्राडिसनल पार्टी के जुन गल्ती गरे   कि विभिन्न प्रलोभनमा देखाएर गल्ती गरे र यिनीहरु आफूलाई वैकल्पिक भनेर दावी गरेर बार्गेनिङमा परेको देखिन्छ।

सामान्यतया राजनीतिलाई नकारात्मक अर्थमा  लिने  गरिन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने जबसम्म समाजका समस्याहरू राजनीति हुन्न तबसम्म त्यो मुद्दा बन्दैनन्  र राजनीति भएमा मात्र  त्यसको सम्बोधन हुन्छ त्यसको मतलब  कुरा वा चर्चा हुन्छ । त्यसको लागि सरकारले  एक्सन लिन्छ भन्ने हो । राजनीति नै एउटा यस्तो माध्यम  जस मार्फत समस्याको हल हुने सम्भावना प्रबल हुन्छ ।  राजनीतिलाई वाचा वा प्रतिज्ञको रूपमा बुझ्न सकिन्छ । जब त्यो बच्चा पूरा हुँदैन तब जनताले वैकल्पिक शक्तिको खोजी गर्दछन्।

त्यही नै वैकल्पिक राजनीति हो । तर नेपालमा वैकल्पिक राजनीतिप्रति अनाकर्षण किन बढ्दै छ भने त्यसका पनि केही कारणहरु होलान् त्यसलाई पहिचान गर्नु पर्ने ,निवारण गर्नुपर्ने हुन्छ। विषेशगरी  संक्षेपमा भन्नु पर्दा कांग्रेस र कम्युनिस्टहरुले जस्तो राजनीतिक अभ्यास गरे ,जस्तो नीति लिए ,जस्तो संगठन बनाए जस्तो विखण्डन र अस्थिरता तीर मुलुक धकेलिए शासन प्रशासनमा जुन समस्याहरु आए आर्थिक समस्याहरू देखिए । यसका केही कारणहरु खोज्नु पर्ने ,गम्भीर भएर सोच्ने र  यसको विकल्प दिनु पर्ने हो भन्ने अर्थमा वैकल्पिक राजनीतिको आएको हो । तर अहिले नयाँ र पुराना पार्टीहरूमा कुनै खासै भिन्नता नदेखिएको संगठन उस्तै ,व्यवहार उस्तै ,बोली उस्तै , अपारदर्शी उस्तै , भ्रष्टाचार ठगी प्रति चिन्तन उस्तै ,संकट  उस्तै मात्र वैकल्पिक राजनीतिको खोल ओढने काम गरेका छन् । जसरी कुनै समय विकास, संमृद्धि र नयाँ नेपाल जस्ता  शब्दहरू लोकप्रिय थिए र आज ती शब्दहरूमा आकर्षण छैन त्यस्तै गरी आज  वैकल्पिक राजनीति भन्ने शब्द प्रति पनि अनाकर्षण बढदै जानु स्वभाविक नै हो ।

संघीयताको निम्ति सबै भन्दा पहिला कसले राजनीति गरे भन्दा वेदानन्द झा हुन । नेपाल तराई कांग्रेस उनले बनाउने काम गरे जुन त्यतिबेलाका यो उनको लागि वैकल्पिक राजनीति थियो । यो विशेष गरी मधेशको वैकल्पिक राजनीति थियो । किनभने राणा रेजीम खतम भइसकेपछि कांग्रेस एउटा वैकल्पिक शक्तिको रूपमा उदाएका थियो ।  नयाँ नेपाल निर्माणको  क्रममा त्यहाँ जुन समस्याहरू ,नागरिकका अधिकारहरू कसरी सुनिश्चित गर्ने र समाधान कसरी गर्ने  सवालमा कांग्रेसको आफ्नो स्ट्याण्ड छुट्टै रहेको थियो । नेपाल सेन्त्रलाइज्ड हुनु पर्छ भन्ने थियो । तर वेदानन्द झाले अलग पार्टी बनाए र त्यस पार्टीका आधारभूत एजेदा तीनवटा रहेका  थिए । हिन्दी भाषा नेपालको राष्ट्रीय भाषा हुनुपर्ने,निजामती एसमा मधेशीको आरक्षण हुनुपर्ने र मधेस क्षेत्र लाई स्वायत्त मान्नु पर्ने ।यो त्यसबेलाको वैकल्पिक राजनीति थियो । किनकी त्यसबेला काँग्रे वा गोरखा परिषद्को विचारधारा छुट्टै एउटा  केन्द्रीकृत थियो । उसँग मधेस वा सीमान्तकृत को लागि  कुनै व्यवस्था थिएन ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब