सिद्धार्थ शिशु निकेतन इङ्गलिस बोडिङ्ग स्कुलले २५ औँ रजत जयन्ती मनाइयो

  • माघ ११, २०८२ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, माघ १० गते । सिद्धार्थ शिशु निकेतन इङ्गलिस बोडिङ्ग स्कुल सिरहाले २५ औँ  रजत जयन्ती समारोह–२०८२ धुमधामका साथ मनाइएको छ ।

स्कुलले २५ वर्ष सम्म संर्घष गरेर सिरहा सदरमुकामका नमूना स्कुलको रुपमा विकास भएको समारोह कार्यक्रममा सहभागि अतिथिय वक्ताहरुले बताए ।

नीजि तथा समुदायिक विद्यालय बिच सरकारबाट हुने गरेको विभेद अन्त नभए सम्म शिक्षा क्षेत्रलाई बलियो बनाउन नसकिने सिरहाका पूर्व क्यम्पस प्रमुख मदु सुदन यादबले बताउनु भयो । 

शिक्षा क्षेत्रका विकास भाषणले मात्र हुने भएको भए मधेशमा शिक्षाको स्तर आजको दिन बलियो हुन्थ्यो । तर रणनीतिक रुपमा शिक्षाको विकासका लागि सरकार पक्ष र नीजि पक्ष बिच अन्तक्रिया गरी चरणवद्ध रुपमा कार्यवन्यन गर्नसके शिक्षा क्षेत्र बलियो हुने सिरहा क्याम्पस प्रमुख राजेश्वर प्रसाद यादबले बताउनु भयो ।

शिक्षा क्षेत्रमा रहको समस्या एक जना नगरपालिकाको मेयरबाट समाधान हुन सक्दैन् । शिक्षा क्षेत्रमा रहको राजनीतिकरण र शिक्षक कर्मचारीका गैरजिम्मेवारी रहुन्जेल सम्म सुधार गर्न नसिकने सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले बताउनु भयो । नेपाल सरकारले सुधारिएका नयाँ शिक्षा ऐन नल्यए सम्म मेयरबाट शिक्षा सुधार नहुने यादबले बताए।

नमूनाका रुपमा विकास भईरहको सिद्धार्थ शिशु निकेतन इङ्गलिस बोडिङ्ग स्कुलले शिक्षा क्षेत्रमा योग्दान पुर्याउने व्यतित्वहरुलाई सामान गर्नु भयो ।

सिरहा सदरमुकाममा सुविधा सम्पन स्कुलका रुपमा पहिचान बनाएका स्कुलमा ९ सय भन्द बढी विद्यार्थीहरु रहेका छन् । प्लेगुप देखि कक्षा १२ सम्म सञ्चालनमा रहको स्काुलमा बाणिज्य र कानून सम्बन्धी पठन पाठन भइृरहेको स्कुलको प्रधानाध्यापक लालबाबु राउतले बताउनु भयो ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब