सर्लाहीको नेता नभइ बेटा बन्न आएको हुँ : गगन थापा

  • माघ १३, २०८२ | २७७ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता नभइ बेटा बन्न सर्लाही आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा सोमबार प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारसमेत रहेका सभापति थापाले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए ।

यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए । सभापति थापाले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई राम्रोसँग जान्दछु,’ उनले भने, ’मेरा बाआमा पहाडबाट काठमाण्डु आएका हुन् ।

पहाडको बारेमा मलाई पहिलेदेखि नै थाहा छ । काठमाण्डुमा जन्मेका हुर्केकाले मलाई काठमाण्डुको सबै कुरा थाहा छ । तर, नेपाली कांग्रेसका नेता प्रदीप गिरिको संगतले मधेशको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो । जबसम्म मधेशमा आफूलाई समाहित गर्दिनँ, तब सम्म म पूर्णरूपमा नेपाली बन्न सक्दिनँ भनेर पनि मधेशबाट उम्मेदवारी दिएको हुँ ।’

सभापति थापाले आफूले यो वा त्यो गर्छु भन्न नआएको बताए । उनले भने, ‘मसँग केही कार्यक्रम र योजनाहरू छन्। मेरो टिम यस क्षेत्रमा आएर काम गरिरहेको छ । यहाँ देखिएका समस्याहरू ५ वर्षभित्र समाधान गर्छौं,’ उनले भने। काठमाण्डु ४ छोडेर आउँदा त्यस क्षेत्रका थुप्रै साथीहरूले छोडेर नजान आग्रह गरेको उनको भनाइ छ। ’म त्यो साथीहरूप्रति ऋणी हुनेछु । ३–३ पटक साँसद बनाएका क्षेत्रका लागि मेरा घर सधैंभरिका लागि खुला राखेको छु,’ उनले भने ।

उनले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि दिएको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे । उनले कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै मधेशले नेपालमा प्रजातन्त्र स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताए । आफूभित्र मधेशलाई आत्मसात् नगरेसम्म कोही पनि पूर्ण नेपाली बन्न नसक्ने तर्क गर्दै उनले भने, ‘मधेशलाई मनभित्र राखेनौँ, आत्मसात् गरेनौँ भने नेपाली पहिचान अधूरो हुन्छ ।’

उनले मधेशको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै गणित, विज्ञान र अंग्रेजी विषयमा मधेशका विद्यार्थी कमजोर हुँदै गएको उल्लेख गरे। यसको समाधान खोज्ने प्रतिबद्धता जनाउँदै उनले मधेशमा गणित, विज्ञान र अंग्रेजी शिक्षामा सुधार आवश्यक रहेको बताए । ‘कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो ।’ तर अहिले अवस्था उल्टिएको उल्लेख गर्दै उनले भने, ‘इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ ।

हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ । उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु ।’ सभापति थापाले अबको १२/१५ वर्षमा नेपालको आम्दानीको मुख्य स्रोत सूचना प्रविधि हुने दाबी गर्दै त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार आवश्यक रहेको बताए ।

यसका लागि आफ्नो टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहेको जानकारी दिँदै आगामी पाँच वर्षभित्र ठोस समाधान दिने प्रतिबद्धता व्यक्त गरे । केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा नै मधेश आउँछु र यहाँका जनताको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको स्मरण गर्दै थापाले मधेशप्रति आफ्नो राजनीतिक प्रतिबद्धता दोहो¥याए । उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब