मधेस प्रदेशमा ६ महिनामा २ हजार ५७२ जना सम्पर्कविहीन

  • माघ १६, २०८२ | १८३ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।   मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन रहेको बताए। जसमध्ये पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। ती सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने अन्य सम्पर्कविहीन छन्।

त्यसैगरी, जेन्जी आन्दोलनमा भएका क्षतिहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। प्रवक्ता थापाका अनुसार मधेस प्रदेशमा जेन्जी आन्दोलनको क्रममा जम्मा चारजनाको मृत्यु भएको थियो। सो आन्दोलनका क्रममा मधेस प्रदेशका कुल २३४ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो। 

सरकारी कार्यालयहरूको कुल क्षति आकलन ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबरको रहेको जनाए। उनले जेन्जी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीका सवारी साधनहरूमा पनि क्षति पुगेको जानकारी दिँदै कुल आकलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको बताए।

प्रवक्ता थापाले जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागारहरूमा रहेका १०४५ जना कैदीबन्दी फरार भएको जानकारी दिए। उनीहरूमध्ये विभिन्न स्थानबाट जम्मा ५७९ जना पक्राउ परेका छन् भने अन्य अझै फरार अवस्थामा रहेका छन्।

त्यस्तै, जेन्जी आन्दोलनकै क्रममा मधेस प्रदेशका बाल सुधार गृहहरूबाट ६८ जना फरार भएका थिए। जसमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको उनले बताए।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब