मधेश प्रदेश सभामा पहिलो पटक मातृभाषा

  • माघ १८, २०८२ | १९१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले पहिलो पटक प्रदेश सभाको बैठक मातृभाषामा सञ्चालन गरेका छन् ।

नवनिर्वाचित सभामुख यादवले आफ्नो कार्यकालमा पहिलोपटक बसेको प्रदेशसभाको बैठकमा मातृभाषा मैथिली भाषामा शुरुवात गरे । प्रदेश सभा स्थापना भएको करिब आठ वर्षपछि सभामुख यादवले मातृभाषामा सदनमा कार्यसूची अघि बढाउँदै सभाको उद्देश्य र भूमिकाबारे प्रस्ट धारणा राखे ।

सो सदनको प्रारम्भिक चरणमा मैथिली भाषा प्रयोग गरिए पनि दोस्रो चरणदेखि भने बैठक नेपाली भाषामा सञ्चालन गरिएको थियो । सभामुख यादवले मधेश प्रदेशको कामकाजी भाषा अहिलेसम्म औपचारिक रूपमा नतोकिदा विभिन्न भाषालाई समेट्ने प्रयास गरिएको बताइन्छ ।

प्रदेश सभाको पहिलो बैठकमै भाषाको विषयलाई लिएर भइरहेको विवादलाई साम्य पार्नका लािग पनि मातृभाषामै सदनको विभिन्न कामकारबाहीहरुलाई अघि बढाउनुपर्ने अपरिहार्य रहेको सभामुख यादवको भनाइ छ ।

उनले मातृभाषाको सम्मान र सम्पूर्ण प्रदेशसभा सदस्यलाई सहज हुने वातावरण निर्माण गर्नका लागि पनि मैथिली र नेपालीलगायतका भाषाको प्रयोग गरिएको बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब