टी-२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल

  • माघ २४, २०८२ | २६१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ।

पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल सवा ३ बजेद्खि कोलकातामा सुरु हुनेछ ।

यस्तै आजको तेस्रो खेलमा भने सबैभन्दा बढी नजर रहनेछ । समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

खेलअघि भव्य उद्घाटन समारोह पनि हुने तय छ । उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् ।

यी चार जनाको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाइने आईसीसीले जनाएको छ ।

नेपालले भने आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब