वाह ! टिम नेपाल : दुईपटकको विश्वकप विजेता इंग्ल्यान्डलाई सानदार टक्कर

  • माघ २६, २०८२ | २२० पटक पढिएको | सीमा संदेश
alt

आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट सुरुवात गरेको छ । दुईपटकको ‘च्याम्पियन’ इंग्ल्यान्डविरुद्ध आइतबार भएको खेलमा चार रनको झिनो अन्तरले पराजित भए पनि नेपाली टोली संसारको ध्यान तान्न सफल भएको छ । विश्वचर्चित क्रिकेटरहरू र चर्चित भारतीय लिग आइपिएलका टिमहरूले नेपाली टोली र खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।

विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । जसलाई सहजै पछ्याउँदै नेपाल जितनजिकै पुगेको थियो । अन्तिम १२ बलमा जितका लागि २४ रन आवश्यक थियो । अन्तिम ओभर बाँकी रहँदा नेपाललाई १० रन चाहिएको थियो । तर, पाँच रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा पनि खेल कसको पोल्टामा जान्छ, टुंगो थिएन । नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । तर, एक रन मात्रै जोड्न सकेपछि इंग्ल्यान्डले बाजी मार्‍यो । खेल हारे पनि नेपाली टोलीले संसारभरिकै क्रिकेटप्रेमीको मन जित्यो ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब