सिरहा, फागुन ११ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको पाँचौ दिनको दुई चरणका क्वाटर फाइनल खेलमा वडा नं. ७ र ८ विजयी भएको छ।
पहिलो चरणको खेलमा वडा नं. ७ ले १ गोल गरे र वडा नं. १४ ले खेल समय अवधि सम्म कुनै गोल फर्काउन नसकेपछि पराजित बेहोरिनु परेको थियो । खेलको प्लेयर अफ द म्याच वडा नं. ७ का खेलाडी सागर मेस्तर भएको छ । मेस्तरले १ गोल टिमलाई विजय गराएका छन । यस जितसँगै वडा नं. ७ सेमि फाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरी दोस्रो चरणको खेल वडा नं. ८ ले ५ गोल गरे र वडा न. १० ले खेल अवधिको समयमा कुनै गोल फर्काउन नसकेपछि पराजित भएका छन । खेलको प्लेयर अफ द म्याच वडा नं. ८ को खेलाडी रविन्द्र महरा भएको छ। यस जितसँगै वडा नं. ८ सेमि फाइनलमा प्रवेश गरको छ ।
युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको छैठौँ दिन आज (सोमवार) को दुई चरणका खेलमा पहिलो चरण दिउँसो २ बजे वडा नं. ११ र वडा नं.२२, दोस्रो चरण खेल बेलुका साढे ३ बजे वडा न. ९ र वडा नं.१२ बिच भिडन्त हुने आयोजक संस्थाको अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved